मधेशी, जनजाति, दलित र उत्पीडित समुदायका मुद्दा सम्बोधन गर्न संविधान संशोधन अपरिहार्य : अध्यक्ष यादव

रुपन्देही खबर , ६७  पटक हेरिएको

भैरहवा , फागुन ११

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको राजनीतिक गतिरोध अन्त्यका लागि संविधान संशोधन अनिवार्य भएको बताउनुभएको छ।
रूपन्देहीको भैरहवामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले वर्तमान संविधानले मधेशी, जनजाति, दलित तथा अन्य उत्पीडित समुदायका मुद्दा पूर्णरूपमा सम्बोधन नगरेको धारणा व्यक्त गर्नुभयो। उहाँले सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि पहिचानका आधारमा प्रदेशको सीमाङ्कन गर्नुपर्ने जोड दिनुभयो।

अध्यक्ष यादवले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको आवश्यकता औँल्याउँदै वर्तमान प्रणाली राजनीतिक अस्थिरताको कारण भएको बताउनुभयो। सो अवसरमा अध्यक्ष यादवले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराउँदै कूटनीतिक तथा प्राविधिक पहल तीव्र बनाउन आग्रह गर्नुभयो।

उहाँले जनता समाजवादी पार्टीले सुरुदेखि नै मधेशका समस्याबारे आवाज उठाउँदै आएको र यी सबै समस्यामा पार्टीले अनुभव राखेको पनि उल्लेख गर्नुभयो।

प्रकाशित मिति: २०२६-०२-२३ , समय : २३:००:०१ , ५ घन्टा अगाडि