रुपन्देही खबर , १०४ पटक हेरिएको
मर्चवार, फागुन ११
रुपन्देही क्षेत्र नम्बर–४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार सर्बेन्द्र नाथ शुक्ला को समर्थनमा मर्चवार क्षेत्रमा जनलहर देखिएको छ । चुनाव नजिकिँदै जाँदा आज कोटहीमाई गाउपालिकामा आयोजित आमसभा र भेटघाट कार्यक्रमहरूमा स्थानीयवासीको उत्साहजनक सहभागिता देखिएको हो।

मर्चवारीमाई, कोटहीमाई, सम्मरीमाई लगायतका क्षेत्रमा पुगेर शुक्लाले कृषि, सिंचाइ, सडक पूर्वाधार, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । विशेषगरी मर्चवारको खेतीयोग्य जमिनमा आधुनिक सिंचाइ प्रणाली विस्तार, साना किसानलाई सहुलियत ऋण र बजार सुनिश्चितताको विषयमा उहाँले स्पष्ट योजना अघि सार्नुभएको छ।
घरदैलोका क्रममा स्थानीयले विगतका अपूरा वाचा र विकास निर्माणमा भएको ढिलासुस्तीप्रति गुनासो राख्दै यसपटक सक्षम र जवाफदेही नेतृत्व आवश्यक रहेको बताएका थिए। ।प्रत्युत्तरमा शुक्लाले पारदर्शी ढंगले काम गर्ने, जनताको प्रत्यक्ष निगरानीमा विकास आयोजना सञ्चालन गर्ने र युवालाई रोजगारी सिर्जना गर्ने प्रतिबद्धता दोहोर्याउनुभयो।
कार्यक्रममा सहभागी स्थानीय अगुवा तथा युवाहरूले “यसपटक परिवर्तनका लागि सर्बेन्द्र नाथ शुक्ला” भन्ने नारासहित समर्थन जनाएका थिए। चुनावी माहोल तातेका बेला मर्चवार क्षेत्रमा देखिएको जनसहभागिताले शुक्लाको पक्षमा माहोल बन्दै गएको समर्थकहरूको दाबी छ।
प्रकाशित मिति: २०२६-०२-२३ , समय : २३:१२:०२ , ५ घन्टा अगाडि