रुपन्देही खबर , ८७ पटक हेरिएको
नवलपरासी, फागुन १५
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार भिमबहादुर थापा (भरत) ले समृद्ध क्षेत्र निर्माण आफ्नो मुख्य लक्ष्य रहेको बताउनुभएको छ।
नेपाली कांग्रेसका उम्मेदवार थापाले चुनावी भेटघाट तथा घरदैलोकाे क्रमाा विकास, रोजगारी सिर्जना र सुशासन जस्ता ऐजेन्डालाई अगाडि बढाउने प्रतिबद्धता जाहेर गर्नुभएकाे छ। उहाँले यश क्षेत्रका अधुरा योजना सम्पन्न गर्ने, कृषि र पर्यटनको सम्भावनालाई अगाडि सार्ने तथा युवालाई स्वरोजगारतर्फ प्रेरित गर्ने योजना रहेको भन्नुभएको छ । यस क्षेत्रका युवाहरूलाई यही राेजगारि गर्ने वातावरणकाे व्यवस्थापन गर्ने भन्नुभयाे ।
“समृद्ध क्षेत्र निर्माणका लागि स्थिर नेतृत्व आवश्यक छ,” थापाले भन्नुभयो, “जनताको विश्वास र साथ पाएमा क्षेत्र नं. २ लाई नमूना क्षेत्रका रूपमा विकास गर्नेछु।”
उहाँले शिक्षा, स्वास्थ्य, सडक तथा खानेपानीजस्ता आधारभूत पूर्वाधारलाई विशेष प्राथमिकतामा राख्ने स्पष्ट पार्नुभयो। आज उहाँ रामग्राम नगरपालिकाकाे घिन्हा र पण्डितपुर लगायत क्षेत्रमा घरदैलो गर्नुभएको छ ।
प्रकाशित मिति: २०२६-०२-२७ , समय : ०७:५१:३० , ७ घन्टा अगाडि