जनविश्वासकै बलमा अघि बढ्दै डा. लेखजंग थापा

रुपन्देही खबर , ७६  पटक हेरिएको

भैरहवा, फागुन १५

रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. लेखजंग थापा ले “जनताको माया मेरो शक्ति, जनताको समस्या मेरा एजेण्डा” भन्ने नारासहित चुनावी अभियानलाई तीव्रता दिनु भएको छ ।

घरदैलो तथा जनभेटघाट कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष संवाद गर्दै थापाले जनताको विश्वास र साथ नै आफ्नो सबैभन्दा ठूलो पूँजी भएको बताउनु भएको छ । उहाले क्षेत्रका सडक, सिँचाइ, शिक्षा, स्वास्थ्य, रोजगारी तथा सीमावर्ती व्यापार व्यवस्थापनका विषयलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भएकोा छ ।
थापाले विकासका योजनाहरू कागजमा सीमित नभई व्यवहारमा कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै पारदर्शी र उत्तरदायी नेतृत्व आवश्यक रहेको बताउनु भएको छ । उहाले रुपन्देही–३ लाई समृद्ध, व्यवस्थित र अवसरमूलक क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य राखेको उल्लेख गर्नु भयो ।

मतदातासँगको भेटमा स्थानीयले उठाएका कृषि मल, युवा रोजगारी, बजार व्यवस्थापन तथा पूर्वाधार विकासका मागलाई आफ्नो प्रमुख एजेण्डा बनाउने थापाको भनाइ छ ।

आगामी निर्वाचनमा जनताको अपार माया र समर्थन प्राप्त हुनेमा आफू विश्वस्त रहेको उहाले बताउनु भएको छ ।

प्रकाशित मिति: २०२६-०२-२७ , समय : १८:४०:०६ , २ घन्टा अगाडि