राजनीति होइन, विकासको जग : रुपन्देही–१ मा असलम खानको प्रतिवद्धता

उर्मिला यादव यात्री , ११३  पटक हेरिएको

धकधई, फागुन १५

फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर १ का जसपा उम्मेदवार असलम खानको पक्षमा मतदाताको ‘साइलेन्ट क्रेज’ देखिएको छ । विकासका दृष्टिकोणले ओझेलमा परेको क्षेत्र नम्बर १ विकासकालागि नयाँ ‘रोडम्याप’ बोकेर खान गाउँ–गाउँ पुगिरहेका छन् ।

ओमसतिया, रोहिणी, तिलोत्तमाको ग्रामिण भेगको कच्ची सडक, गुणस्तरहीन शिक्षा र स्वास्थ्य सेवाको अवस्थामा सुधार आउन सकेको छैन । जसले गर्दा स्थानीय बासिन्दा निराश छन् । यस पटकको निर्वाचनमा क्षेत्र नम्बर १ ले नयाँ अनुहार र नयाँ आशाका रुपमा युवा नेता असलम खानलाई पाएको छ । जसले गर्दा मतदाता उत्साहित छन् । खान यतिबेला क्षेत्र नम्बर १ को खेत खलिहानदेखि चौतारीसम्म छाएका छन् । राजनीतिमा नयाँ अनुहार भए पनि उनीसँग क्षेत्र नम्बर १ बदल्ने स्पष्ट र परिपक्व योजना रहेको छ । खानले मुख्य त क्षेत्र नम्बर १ को विकासका लागि चारवटा एजेण्डामा जोड दिनु भएको छ ।

उहाको मुख्य एजेण्डा सडक पूर्वाधार रहेको छ । खानले क्षेत्र नम्बर १ को हिलो र धुलोलाई इतिहासमा समेटनु पर्ने बताउनु भएको छ ।
उहाले रुपन्देहीका गा्रमिण भेगका भित्री सडकलाई मुख्य राजमार्गसँग जोड्ने र गुणस्तरीय कालोपत्रे गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
शिक्षा र स्वास्थ्य र रोजगारी तर्फ यहाका छोराछोरीले उच्च शिक्षाका लागि भैरहवा वा बुटवल धाउनुपर्ने बाध्यता अन्त्य गर्न प्राविधिक शिक्षालयको स्थापना र सरकारी विद्यालयको सुधार गर्ने उहाको प्राथमिकतामा छ ।

आकस्मिक उपचारका लागि सहर जानुपर्ने अवस्था रोक्न गाउँमै विशेषज्ञसहितको स्वास्थ्य सेवा पु¥याउने उहाको योजना छ । कृषि प्रधान क्षेत्र रुपन्देहीका किसानलाई समयमै मल र सिँचाइको ग्यारेन्टी गर्दै कृषिमा आधारित साना उद्योग स्थापना गरी स्थानीय युवालाई स्वदेशमै रोजगारी दिने उहाले संकल्प गर्नु भएको छ । चुनावी अभियानलाई तीव्र बनाउँदै खानले घरदैलोका क्रममा मतदातासँग एउटै कुरा दोहोर्याइरहनु भएको छ ।
‘म यहाँ राजनीति गर्न मात्र आएको होइन, रुपन्देही १ को विकासको जग हाल्न आएको हुँ ।’ नयाँ उम्मेदवार भएकाले उहा प्रति जनताको कौतुहलता र भरोसा दुवै बढ्दो छ ।

खनको सरल शैली र स्पष्ट वक्तापनले गर्दा रोहिणी लगायत ओमसतियाका चिया पसलदेखि सार्वजनिक स्थलसम्म उहाको चर्चा चुलिएको छ । बढ्दो जनसमर्थनलाई मतपेटिका सम्म पु¥याउनु उहाका लागि मुख्य चुनौती हुनेछ । खानले जनलहरलाई कायम राख्न सके भने, यस पटकको निर्वाचनले क्षेत्र नम्बर १ मा राजनीतिमा नयाँ मोड लिने निश्चित छ । उहा विजयी भएमा क्षेत्र नम्बर १ ले वर्षौँदेखि पर्खिएको ‘विकासको जग’ साँच्चै बस्नेछ कि भन्नेमा धेरै आशावादी देखिएका छन् ।

प्रकाशित मिति: २०२६-०२-२७ , समय : २०:२४:२६ , ३ घन्टा अगाडि