रुपन्देही खबर , ९० पटक हेरिएको
काठमाण्डाै,फागुन १५
निर्वाचन आयोगले यस पटक मतपेटिका सङ्कलनको समय घटाउने र मतदानकै दिन बेलुकादेखि मतगणना शुरू गर्ने योजना बनाएको छ । मतदाताको प्रतीक्षाको समय छोट्याउन आयोगले यस्तो रणनीति लिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभएको हो । निर्वाचन आयोगले मतदान सम्पन्न भएलगत्तै छिटोभन्दा छिटो नतिजा सार्वजनिक गर्ने गरी तयारी तीव्र पारेको उहाँले बताउनुभयो ।
प्रवक्ता भट्टराईकाअनुसार विगतका अनुभवहरूलाई ध्यानमा राख्दै यो पटक मतपेटिका सङ्कलन गर्ने समयलाई उल्लेख्य रूपमा घटाइनेछ । आयोगको योजनाअनुसार मतदान सकिएकै दिन बेलुकादेखि मतगणना शुरू गर्ने कार्यलाई प्राथमिकता दिइनेछ । यसका लागि राजनीतिक दलहरूसँगको समन्वयमा मतदान हुनुअघि नै मतगणना स्थल र आवश्यक व्यवस्थापन मिलाइसक्ने उहाँकाे भनाइ छ । धेरैजसो निर्वाचन क्षेत्रमा मतगणना स्थलहरू जिल्ला सुरक्षा समितिसँगको समन्वयमा तोकिसकिएको पनि उहाँले जानकारी दिनुभयो ।
प्रकाशित मिति: २०२६-०२-२७ , समय : २१:२४:२६ , ३ घन्टा अगाडि