कञ्चनमा नेपाल मगर संघको ४४ औं स्थापना दिवस विविध साँस्कृतिक कार्यक्रम सम्पन्न

रुपन्देही खबर , ७२  पटक हेरिएको

कञ्चन,फागुन १५

रुपन्देहीको कञ्चनमा नेपाल मगर संघको ४४ औं स्थापना दिवसको अवसरमा विविध साँस्कृतिक कार्यक्रम सहित मनाईएको छ। कार्यक्रममा महिला भलिवल प्रतियोगिता, तानडोरी प्रतियोगिता, छेलोफाल प्रतियोगिता, हण्डीफोर प्रतियोगिता सहित साँस्कृतिक नृत्य तथा सांगेतिक प्रस्तुतीहरु प्रस्तुत गरिएको थियो।
कार्यक्रमको शुभरम्भ कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले गर्नु भएको थियो। कार्यक्रमको शुभारम्भ गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका उपाध्यक्ष थापा मगरले बहुसंख्यक मगर जातीहरुको भाषा, कला संस्कृति र साहित्यको बिकास र पुस्तान्तरण गर्नु अनिवार्य रहेको भन्दै जातीय पहिचान र समावेशीको कार्यान्वयनमा अझ पनि राज्यको भूमिका कमजोर रहेको बताउनु भएको थियो। कञ्चनमा जनसंख्याको एकतिहाई जनसंख्या मगर जातीको भएपनि मगर जातीमा समाजिक, राजनैतिक र आर्थिक रुपमा सचेत नहुँदा एकतामा क्षिणता बन्दै गइरहेको समेत उपाध्यक्ष थापा मगरले बताउनु भएको थियो।
यस्तै वडा नं. ३ का वडा अध्यक्ष टिकाराम सापकोटाले राज्यको हरेक निकायमा मगर जाती सहित पछाडी पारएिका समुदायहरुको पहुँच नपुगिरहेको बताउदै अरुलाई दोष देखाएर भन्दा आफुमा भएका शक्ती र श्रोतहरुको अधिक्तम उपयोग गर्दै राज्यको हरेक निकायमा पहुँच पुर्याउन शैक्षिक, सामाजिक, राजनैतिक र आर्थिक रुपमा समेत सवल हुन आवस्यक रहेको वडा अध्यक्ष सापकोटाले बताउनु भएको थियो।

यस्तै कार्यक्रममा जिल्ला भूमि आयोग रुपन्देहीका सदस्य राम बहादुर थापा र नेपाल मगर संघ, रुपन्देहीका पूर्व जिल्ला सदस्य दुर्गा बहादुर थापाले अधिकार र अवसरको उपयोगमा सार्वजनिक स्थलमा गरिने भाषणमा मात्र सिमित हुन नहुने बताउर्दै राज्यको नीति निर्माणमा मगर जातीको प्रतिनीधित्व र उपस्थितिका लागि सबै मगरहरुे एक भएर संघर्षको मैदानमा उत्रिन आवस्यक रहेको बताउनु भएको थियो।

नेपाल मगर संघको ४४ औं स्थापना दिवसको अवसरमा आयोजित महिला भलिवल प्रतियोगितामा सूर्यमुखी युवा क्लव, कञ्चन प्रथाम भएको थियो भने क्रिएटिभ लुम्बिनी ईङ्गलिस बोर्डिङ्ग स्कुल, कञ्चा ४ द्वितीय भएको थियो। महिला हण्डी फोर प्रतियोगितामा यमुना पुन र पुरुष तर्फको हण्डीफोर प्रतियोगितामा निर्मल थापा विजेता भएका थिए।

यस्तै महिला तर्फको तानडोरी प्रतियोगितामा बकुलघाट महिला समूह विजेता भएको थियो भने सुकेताल आमा समूह उपविजेता भएको थियो। पुरुष तर्फको छेलोफाल प्रतियोगितामा भने अरदीप राना विजेता भएका थिए ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गायक मिसन मगर गायिका बिष्णु मगर्नीले सांगेतिक प्रस्तुती प्रस्तुत गरेका थिए भने स्थानीय कालाकारहरुद्वारा समेत साँस्कृतिक नृत्य प्रस्तुत गरेका थिए। नेपाल मगर संघ, कञ्चनको आयोजना,तथा कञ्चन गाउँपालिकाको सहयोगमा भएको कार्यक्रममा स्थानीय जातीय भेषभूषा सहित मगर तथा गैर मगर समुदायहरुहरुको समेत सहभागिता रहेको थियो।

नेपाल मगर संघ, कञ्चनका उपाध्यक्ष थम बहादुर सिंजालीको अध्यक्षता तथा धनसिंह रानाको सञ्चालनमा भएको कार्यक्रममा नेपाल मगर संघ कञ्चनका निवर्तमान अध्यक्ष कविराज काउचाले स्वागत गर्नु भएको थियो। कञ्चन २ गजेडी हाटबजार स्थित खेलमैदानमा भएको कार्यक्रममा स्थानीय संगम स्पोर्टस क्लव, कञ्चन २ रुपन्देहीको सहआयोजना तथा रक्तसञ्चार बुटवलको प्राविधिक सहयोगमा खुल्ला रक्तदान कार्यक्रम र सैनामैना पोलिक्नििक प्रा.लि.को प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरिएको संगम स्पोर्टस् क्लवका अध्यक्ष बुद्ध काउचा मगरले जानकारी दिनु भएको छ।
जगीलाल

प्रकाशित मिति: २०२६-०२-२७ , समय : २२:३२:३८ , २ घन्टा अगाडि