मर्चवारमा बढ्दैछ जनसमर्थन, प्रमोद यादव उत्साहित

रुपन्देही खबर , ८०  पटक हेरिएको

मर्चवार, फागुन १७
आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा रुपन्देही–४ मा चुनावी सरगर्मी तीव्र हुँदै गएको छ । नेकपा एमालेका उम्मेदवार प्रमोदकुमार यादवले आफ्नो पक्षमा जनसमर्थन उल्लेख्य रूपमा बढ्दै गएको दाबी गर्दै आगामी मतदानमा विजयी हुने आत्मविश्वास व्यक्त गर्नु भएको छ ।

उहाका अनुसार मर्चवार क्षेत्रका विभिन्न गाउँ–बस्तीमा आयोजना गरिएको घरदैलो अभियान र कोणसभा कार्यक्रममा स्थानीय जनताको स्वःस्फूर्त सहभागिताले उहाको चुनावी अभियानमा थप उत्साह भरिएको छ । महिलादेखि युवा र ज्येष्ठ नागरिकसम्मको उपस्थितिले मतदाताले आफ्ना अपेक्षा र विश्वास यादवप्रति देखाइरहेको संकेत गरेको उहाले बताउनु भयो ।

यादवले मतदातासँगको प्रत्यक्ष संवादका क्रममा स्थानीय समस्याहरूमा विशेष ध्यान दिनु भएको छ । उहा विकास, रोजगारी, कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधारजस्ता क्षेत्रमा दीर्घकालीन समाधान खोज्ने सोचसहित योजनाबद्ध कामको आवश्यकता औँल्याउनु भयो । “अब आश्वासन बाँड्ने समय होइन, समस्याको दीर्घकालीन समाधान खोज्ने समय हो,” यादवले भन्नु भयो ।

दोस्रो पटक रुपन्देही–४ बाट उम्मेदवार बन्नु भएको यादवले आफूलाई प्राप्त भइरहेको जनसमर्थनले अझ जिम्मेवार बनाएको र चुनावी अभियानलाई ऊर्जा दिएको बताउनु भयो । उहाका अनुसार, सिंचाइ, सडक, शिक्षा, स्वास्थ्य र रोजगारी क्षेत्रमा ठोस काम नगरी क्षेत्रको समृद्धि सम्भव छैन । त्यसका लागि दीर्घकालीन सोचसहित योजना र रणनीति आवश्यक रहेको उहाले जोड दिनु भयो ।

एमालेका स्थानीय नेता, कार्यकर्ता भन्दा पनि त्यहाका जनसमुदाय र युवाहरू पनि यादवको अभियानमा सक्रिय छन्। उनीहरू गाउँ–गाउँ पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै पार्टीको नीति तथा उम्मेदवारको प्रतिबद्धता प्रस्तुत गर्दैछन्। स्थानीय मतदाताहरूले यस कार्यलाई सकारात्मक प्रतिक्रिया दिएका छन्।

यादव विश्वस्त देखिएका छन् कि मर्चवारका जनताबाट प्राप्त बलियो समर्थन र विश्वासकै आधारमा उहाको चुनावी सफलता सुनिश्चित हुनेछ। उहा मतदातासँगको सहकार्य र विश्वासको महत्वमा जोड दिँदै क्षेत्रको समग्र विकास अघि बढाउने आफ्नो प्रतिबद्धता व्यक्त गर्नु भएका्े छ ।

प्रकाशित मिति: २०२६-०३-०१ , समय : १३:१६:१४ , ५ घन्टा अगाडि