रुपन्देही–४ मा कन्हैया बनियाको ‘गाउँदेखि शहरसम्म’ विकास भिजन

रुपन्देही खबर , ८६  पटक हेरिएको

मर्चवार,फागुन १७

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रुपन्देही–४ का उम्मेदवार कन्हैया बनिया युवा राजनीतिकर्मी र सफल व्यवसायी हनुहुन्छ । २०७९ को लुम्बिनी प्रदेशसभा निर्वाचनमा विजयी भइसकेका बनियाले यसपटक आफ्नो क्षेत्रलाई पूर्ण रूपले रुपान्तरण गर्ने योजना लिएर चुनावी मैदानमा प्रवेश गर्नु भएको छ ।

बनियाले क्षेत्रको शिक्षा, कृषि, सडक–यातायात, स्वास्थ्य, रोजगार र महिला उत्थान जस्ता सबै पक्ष समेटिएको विकास भिजन अघि सार्नु भएको छ । उहा एमएमसम्मको अध्ययन हासिल गरेका युवा उम्मेदवार हुनुहुुन्छ र आफ्नो अनुभव प्रयोग गर्दै स्वरोजगार र रोजगारमूलक व्यवसाय, स्थानीय उद्योग र कृषिमा प्रविधिको प्रयोगमार्फत सम्पूर्ण समुदायको जीवनस्तर उकास्ने लक्ष्य राख्नु भएको छ ।

उहा भन्नु हुन्छ । “स्थानीय कच्चा पदार्थमा आधारित साना तथा मझौला उद्योग स्थापना गरी गाउँको पूँजी गाउँमै परिचालित गर्ने मेरो सोंच हो । यसका लागि निर्णायक तहमा पुग्न जरुरी छ । यसअघि प्रदेशसभा सदस्य हुँदा पार्टीभित्रैको घेराबन्दीले काम गर्न पाएनँ, यसपटक ठूलो सहयोग छ र क्षेत्र बदल्ने तयारी छ ।”

शिक्षा र प्राविधिक विकास

बनियाले क्षेत्रभित्र स्नातकोत्तर विज्ञान संकाय र सूचना टेक्नोलोजीमा पढ्न सकिने व्यवस्था, प्राविधिक कलेज स्थापना, सरकारी र सामुदायिक विद्यालय सुधार र डिजिटल शिक्षा प्रणाली लागू गर्ने योजना अघि सारेका छन्। साथै, विद्यालयमा आवश्यक दरबन्दीको परिपूर्ति गरेर गुणस्तरीय शिक्षामा जोड दिने लक्ष्य राख्नु भएको छ ।

सडक र यातायात सुधार

मर्चवार र वरिपरि सडक सुधारमा पनि बनियाले ठोस योजना प्रस्तुत गर्नु भएको छ । उहाका अनुसार ५ वर्षभित्र सबै मुख्य सडक कालोपत्रे हुने, मुख्य ४ लेन सडक र रिङरोड पूर्ण रूपमा सम्पन्न हुने, साथै चकियाघाट, मन्झरिया, कमहरिया–सियारी, कचरिहवा, निविहवा, चसकी पुल निर्माण कार्य अघि बढाइनेछ ।
उहा कम्तिमा १० नियमित बस सेवा, अटो र रिक्स, टेम्पो लगायतको व्यवस्थित यातायात समिति निर्माण गर्ने योजना पनि बनाउनु भएको छ ।

कृषि र सिंचाई आधुनिकीकरण

बनियाले क्षेत्रको अन्न भण्डार, मर्चवार लिफ्ट सिंचाई योजना र ५००० हेक्टरसम्म खेतियोग्य जमिनमा सिंचाई सुविधा विस्तार गर्ने लक्ष्य राख्नु भएको छ । पुरानो डीप ट्युबेल मर्मत र नयाँ डीप ट्युबेल जडान, मलखाद व्यवस्थापन, बीउविजन र कृषि सामग्री उपलब्ध गराउने योजना उहाले अघि सार्नु भएको छ ।
बेलबासदेखि मर्चवारसम्म नहर कनेक्टिभिटी कायम गरी वर्षभरी सिंचाइ सुनिश्चित गर्ने, छपिया क्षेत्रमा परम्परागत मत्स्य पालनलाई आधुनिकीकरण गरेर बजारसञ्चालन गर्ने, र चिस्यान केन्द्र निर्माण गर्ने योजना पनि बनियाले अघि सार्नु भएको छ ।

सामाजिक न्याय र समुदाय सशक्तीकरण

बनिया मधेशी, दलित र पिछडिएका समुदायको अधिकार र सशक्तीकरणमा सक्रिय छन्। उनी स्थानीय स्तरमा महिला उत्थान, रोजगारी सिर्जना, स्वास्थ्य सुविधा सुधार लगायतका सामाजिक योजनामा जोड दिइरहनु भएको छ ।

बनियाले मतदातालाई सचेत रहन पनि आग्रह गर्नु भएको छ , “वर्षौंदेखि जितेर पनि क्षेत्रको विकास गर्न नसक्ने पुराना प्रतिनिधिलाई फेरि अवसर दिइयो भने परिवर्तनको मौका गुम्नेछ । यसपटक मर्चवारबासी परिवर्तनको पक्षमा छन् र रास्वपाको उदय हुने छ।”

उहाको दृष्टि स्पष्ट छ – गाउँदेखि शहरसम्म समग्र विकास र अवसर सिर्जना, जसले क्षेत्रको वास्तविक परिवर्तन र दीर्घकालीन समृद्धि सुनिश्चित गर्नेछ ।

प्रकाशित मिति: २०२६-०३-०१ , समय : १३:२२:२४ , ५ घन्टा अगाडि