रुपन्देही–४ मा सर्बेन्द्र नाथ शुक्लाको घरदैलो अभियान, स्थानीयहरूसँग प्रत्यक्ष संवाद

रुपन्देही खबर , ८९  पटक हेरिएको

मर्चवार, फागुन १७

आगामी प्रतिनिधि सभा निर्वाचनको तयारीमा जुटेका रुपन्देही–४ का उम्मेदवार सर्बेन्द्र नाथ शुक्लाले मर्चवार विभिन्न गाउँ टोलहरूमा घरदैलो कार्यक्रम सञ्चालन गर्नुभएको छ। उहाले लुम्बिनी साँस्कृतिक नगरपालिकाको वडा नं. २, १२ र १३ का गाउँ–टोलहरूमा पुगेर स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै जनताको समस्या, आवश्यकता र सुझावहरू सुनिरहनुभएको छ।

उम्मेदवार शुक्लाले हरेक घर पुगेर स्थानीय बासिन्दासँग कुरा गर्दै उहाँहरूको आवाजलाई नीति र विकास योजनामा समेट्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। शुक्लाले भन्नुभयो, “जनताको विश्वास र सल्लाह हाम्रो अभियानको मूल आधार हो। यहाँ भेटिएका समस्या र चुनौतीहरूलाई समाधान गर्दै गाउँ–सहरको विकासमा योगदान दिने प्रयास गर्नेछु। घर–घर पुगेर प्रत्यक्ष संवाद गर्नु हाम्रो अभियानको केन्द्रबिन्दु हो।”

स्थानीय बासिन्दाले शुक्लाको घरदैलो कार्यक्रममा सक्रिय सहभागिता जनाउँदै उहासँग आफ्ना समस्या, सुझाव र आशा साझा गरेका छन्। स्थानिय महिला, युवा, किसान र व्यापारीहरूले उम्मेदवारको पहुँच र सम्वादात्मक शैलीको सराहना गर्दै आगामी निर्वाचनमा उहालाई सहयोग गर्ने अपेक्षा व्यक्त गरेका छन्।

यस कार्यक्रममार्फत शुक्लाले चुनावी अभियानलाई केवल मत माग्ने अभ्यासमा सीमित नगरी, स्थानीय जनताको आवश्यकता बुझ्ने र उनीहरूको आवाजलाई नीति निर्माणमा समेट्ने प्रयास गरिरहेको देखाइएको छ। विशेषगरी, बस्तीका सडक, पानी, शिक्षा, स्वास्थ्य र कृषि सम्बन्धी विषयमा स्थानीयले उठाएका सुझावहरूलाई शुक्लाले आफ्नो आगामी योजना र प्रतिज्ञामा समावेश गर्ने प्रतिबद्धता जनाउनुभएको छ।

घरदैलो अभियानको क्रममा शुक्लाले मतदातासँग संवाद गर्दै स्थानीय समस्या समाधान, आधारभूत पूर्वाधारको विकास, युवाहरूको रोजगारी सिर्जना र सामाजिक न्याय सुनिश्चित गर्ने विषयमा आफ्नो दृष्टिकोण स्पष्ट पार्नुभएको छ। यसरी प्रत्यक्ष भेटघाटमार्फत उम्मेदवार र मतदाता बीचको दूरी घटाउने प्रयासले चुनावी माहोललाई थप सक्रिय र जनमुखी बनाएको स्थानीयहरू बताउँछन्।

प्रकाशित मिति: २०२६-०३-०१ , समय : २१:३६:५९ , २ घन्टा अगाडि