रुपन्देही–१ मा ६६.३२ प्रतिशत मत खस्यो

रुपन्देही खबर , ८६  पटक हेरिएको

भैरहवा,फागुन २१

प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत रुपन्देही निर्वाचन क्षेत्र नं. १ मा ६६.३२ प्रतिशत मतदान भएको छ । निर्वाचन अधिकृत कपिल पौडेलका अनुसार यस क्षेत्रमा कुल ९७ हजार ३ सय ७७ मत खसेको छ ।

उहाका अनुसार अहिले सबै मतदान केन्द्रबाट मतपेटिका संकलनको कार्य जारी रहेको छ । सर्वदलीय बैठक बसेपछि मतगणना कहिलेबाट सुरु गर्ने भन्ने विषयमा निर्णय गरिने उहाले जानकारी दिनु भएको छ।

यस क्षेत्रमा १ लाख ४६ हजार ८२४ मतदाता रहेका थिए ।
रुपन्देही क्षेत्र नं. १ मा राजनीतिक दलका २० जना र स्वतन्त्र ११ जना गरी जम्मा ३१ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

निर्वाचन क्षेत्र नं. १ अन्तर्गत देवदह नगरपालिकाका सबै १२ वटा वडा, तिलोत्तमा नगरपालिकाका ९ वटा वडा (७, ८, ९, १०, ११, १२, १५, १६, १७), रोहिणी गाउँपालिकाका सबै ७ वटा वडा तथा ओमसतिया गाउँपालिकाका ५ वटा वडा (१, ३, ४, ५, ६) समावेश छन् ।

यस क्षेत्रमा कुल ४५ मतदान स्थल र १५९ मतदान केन्द्र रहेको निर्वाचन कार्यालय क्षेत्र नम्बर १ रुपन्देहीका प्रवक्ता कमल नेपालीले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति: २०२६-०३-०५ , समय : १८:३८:३४ , २ घन्टा अगाडि