रुपन्देही खबर , १३९ पटक हेरिएको
मर्चवार,फागुन २२
रुपन्देही निर्वाचन क्षेत्र नं. ४ मा प्रतिनिधिसभा सदस्य पदको मतगणना सुरु भएसँगै पहिलो चरणको मत परिणाम सार्वजनिक भएको छ। प्रारम्भिक नतिजाअनुसार नेकपा (एमाले) अग्रस्थानमा देखिएको छ।
राति करिब १ बजेदेखि सुरु भएको मतगणनामा पहिलो चरणमा ४ हजार ४ मत गणना हुँदा नेकपा (एमाले)ले निर्वाचन चिन्ह सूर्यबाट १ हजार २ सय ८ मत प्राप्त गर्दै अग्रता लिएको निर्वाचन कार्यालयले जनाएको छ।
यसैगरी नेपाली कांग्रेसले ९ सय ९७ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन चिन्ह घण्टीबाट ९ सय ७० मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेको छ।
निर्वाचन कार्यालयका अनुसार मतगणना अहिले पनि जारी रहेको छ र बाँकी मतगणनासँगै परिणाममा परिवर्तन हुन सक्ने सम्भावना रहेको छ।
यस निर्वाचन क्षेत्रमा कुल १ लाख १६ हजार १ सय ७२ मतदाता रहेकामा ७७ हजार ३ सय ९३ मत खसेको थियो, जुन करिब ६६ दशमलव ६१ प्रतिशत हो।
प्रकाशित मिति: २०२६-०३-०६ , समय : ०५:००:५४ , २ घन्टा अगाडि