रुपन्देही खबर , ७४ पटक हेरिएको
मणिग्राम, चैत्र ४
जलवायु परिवर्तन र वातावरणीय सचेतनालाई व्यक्तिगत जिम्मेवारीका रूपमा लिँदै संरक्षणमा जुट्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन्। रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा आयोजित “जलवायु परिवर्तन र वातावरणीय सचेतना” कार्यक्रमका वक्ताहरूले हरेक नागरिक सचेत भए मात्र भावी पुस्तालाई सन्तुलित र सुरक्षित वातावरण हस्तान्तरण गर्न सकिने बताएका हुन्।

कार्यक्रममा वातावरणविद् मनोज न्यौपाने र झम बहादुर थापाले मानव गतिविधिका कारण वातावरणीय सन्तुलन बिग्रँदै गएको उल्लेख गर्दै समयमै सचेत नहुँदा समस्या झनै गम्भीर बन्ने चेतावनी दिनुभयो।
कार्यक्रम क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो भने क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष कृष्णप्रसाद पौडेलले उद्घाटन गर्नुभएको थियो।
कार्यक्रममा तिलोत्तमा–५ का वडा सदस्य हिरा गिरी डायमण्ड, सञ्चालक ज्ञानु पाण्डे, पूर्व क्याम्पस प्रमुख मोहनराज शर्मा लगायतको उपस्थिति रहेको थियो। क्याम्पसका सञ्चालक, प्राध्यापक, स्थानीय सरोकारवाला तथा विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको कार्यक्रमले वातावरण संरक्षणप्रति सचेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: २०२६-०३-१८ , समय : १७:०८:३३ , २ घन्टा अगाडि