होर्मुज क्षेत्रमा एक नेपाली पक्राउ

रुपन्देही खबर , ७२  पटक हेरिएको

काठमाडौँ,चैत ६

इरानले होर्मुज जलडमरूमध्य क्षेत्रमा कार्यरत एक नेपाली नागरिकलाई पक्राउ गरेको छ। परराष्ट्र मन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमार्फत उक्त जानकारी सार्वजनिक गरेको हो। मन्त्रालयका अनुसार पक्राउ पर्ने नेपाली अमृत झा रहेका छन्। तर, उनी पक्राउ पर्नुको कारणबारे हालसम्म विस्तृत विवरण प्राप्त भइसकेको छैन।

परराष्ट्र मन्त्रालयको पश्चिम एशिया महाशाखाका प्रमुख रामकाजी खड्काले होर्मुज क्षेत्रमा सञ्चालनमा रहेको पानी जहाजमा काम गर्ने क्रममा इरानी पक्षले जहाजका सबै ‘क्रु’ सदस्यलाई नियन्त्रणमा लिएको र सोही क्रममा एक नेपालीसमेत परेको जानकारी दिनुभयो।

हाल मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका कारण होर्मुज जलडमरूमध्य क्षेत्र उच्च निगरानीमा रहेको छ र यो क्षेत्र इरानको प्रभाव तथा नियन्त्रणमा रहेको बताइएको छ। मन्त्रालयले घटनाबारे थप जानकारी संकलन गर्ने र आवश्यक कूटनीतिक पहल अगाडि बढाउने जनाएको छ।

प्रकाशित मिति: २०२६-०३-२० , समय : १६:३२:०४ , २ घन्टा अगाडि