लुम्बिनी कोहिनुर पोलिक्लिनिकमा अत्याधुनिक सेवा विस्तार, २४ सै घण्टा आपतकालीन सुविधा

रुपन्देही खबर , ११५  पटक हेरिएको

भैरहवा, चैत ११

रुपन्देहीको भैरहवा क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच र गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले लुम्बिनी कोहिनुर पोलिक्लिनिक प्रा. लि. ले अत्याधुनिक प्रविधिसहित विभिन्न विशेषज्ञ सेवा विस्तार गरेको छ । पोलिक्लिनिकले २४ सै घण्टा आपतकालीन तथा फार्मेसी सेवा सञ्चालन गर्दै बिरामीलाई सहज, छिटो र गुणस्तरीय उपचार उपलब्ध गराउँदै आएको जनाएको छ ।

पोलिक्लिनिकमा हाडजोर्नी तथा मेरुदण्डसम्बन्धी रोगहरूको उपचार, स्त्री रोग, प्रसूति सेवा, आन्तरिक रोग उपचार एकै स्थानबाट उपलब्ध गराइएको छ ।
यसैगरी, हाडजोर्नी, नसा तथा मेरुदण्डसम्बन्धी समस्याका लागि पनि विशेष सेवा सुरु गरिएको छ । यसअन्तर्गत हड्डी तथा जोर्नीको उपचार, मेरुदण्ड (स्पाइन) समस्या समाधान, हड्डी भाँचिएको (फ्याक्चर) उपचार, जन्मजात तथा अन्य अस्थिरोग, स्पोट्र्स इन्जुरी तथा लिगामेन्टसम्बन्धी उपचार प्रदान गरिँदै आएको छ । साथै, जटिल अवस्थाका बिरामीका लागि मेरुदण्ड सर्जरी तथा आर्थोस्कोपी सर्जरीसमेत उपलब्ध रहेको पोलिक्लिनिकले जनाएको छ ।

हाडजोर्नी तथा मेरुदण्ड विशेषज्ञ प्रा. डा. जावेद खान (Consultant Orthopaedic & Spine Surgeon, MBBS, MS–Ortho & Trauma Surgery) बाट विशेषज्ञ सेवा प्रदान भइरहेको छ।डा. जावेद खान आइतबार देखि शुक्रवार बिहान १० बजेदेखि दिउसो २ बजे सम्म सेवा दिदै आउनु भएको छ ।


यस्तै गरी स्त्री रोग तथा प्रसूति विशेषज्ञ डा. मनिषा महर्जन (MBBS-KU, MD GYNAE/OBS, PMWH/NAMS – वीर अस्पताल)ले गर्भावस्था जाँच (ANC), सुरक्षित प्रसूति सेवा, महिनावारी समस्या, बाँझोपन (Infertility) उपचार, गर्भनिरोधक सेवा, पाठेघर, अण्डाशय तथा स्तनसम्बन्धी जाँच, यौन तथा हर्मोनल समस्या समाधान लगायतका सेवा प्रदान गर्दै आउनुभएको छ।

त्यस्तै, जनरल फिजिसियन डा. रणधीर यादव (MBBS, MD – Internal Medicine) ले पेट तथा छाती दुख्ने, ग्यास्ट्रिक, खाना अपच, IBS/IBD, बवासीर, जन्डिस, कलेजोसम्बन्धी समस्या (फ्याटी लिभर, सिरोसिस), हेपाटाइटिस बी/सी, पित्तथैली तथा प्यान्क्रियाजसम्बन्धी रोग, अल्सर तथा क्यान्सरसम्बन्धी जाँच तथा उपचार सेवा दिँदै आउनुभएको छ।

पोलिक्लिनिकमा नाक, कान, घाँटी (ENT), छाला रोग, बालरोग, माइनर शल्यक्रिया, एक्स–रे तथा भिडियो एक्स–रे, इको, ईसीजी, सबै प्रकारका रगत परीक्षण, फिजियोथेरापी सेवा समेत उपलब्ध छन् । नसा, हाडजोर्नी तथा प्यारालाइसिसका बिरामीहरूको बिना अपरेशन सफल उपचार समेत गरिँदै आएको जनाइएको छ ।

त्यसैगरी, कम्मर, घाँटी तथा जोर्नी दुख्ने, डिस्क प्रोल्याप्स, नसा च्यापिएको, अंग पोल्ने वा झमझमाउने, पिसाब नियन्त्रणसम्बन्धी समस्या तथा प्यारालाइसिसका बिरामीहरूको उपचारमा विशेष ध्यान दिइँदै आएको छ। साथै, पोलिक्लिनिकमा बालबालिकाको खतना (सर्कम्सिजन) सेवा समेत उपलब्ध रहेको छ ।

पोलिक्लिनिकले आइतबारदेखि शुक्रबारसम्म बिहान ८ बजेदेखि ९ः३० बजेसम्म र बेलुका ४ बजेदेखि ७ बजेसम्म नियमित ओपीडी सेवा सञ्चालन गर्दै आएको छ। सेवाबारे थप जानकारीका लागि ०७१–५९१४८६ र ९७६२५१९४६४ नम्बरमा सम्पर्क गर्न सकिने जनाएको छ। “स्वास्थ्य नै सम्पत्ति हो, समयमै जाँच र सही उपचार आवश्यक छ” भन्ने सन्देशसहित पोलिक्लिनिकले सेवा विस्तारलाई तीव्रता दिएको जनाएको छ।

प्रकाशित मिति: २०२६-०३-२५ , समय : १२:१३:५० , २ घन्टा अगाडि