रुपन्देही खबर , ७३ पटक हेरिएको
काठमाण्डौ,चैत १४
प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेको छ । ओली निवास गुण्डुबाट प्रहरीले केहीबेरअघि उहाँलाई पक्राउ गरेको हो । यसअघि प्रहरीले पूर्वगृहमन्त्री रमेश लेखकलाई पनि पक्राउ गरिसकेको छ ।
मन्त्रिपरिषदको निर्णयअनुसार जाँचबुझ आयोगका प्रतिवेदन कार्यान्वयनका विषयमा गृहमन्त्री सुधन गुरुङसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरुले रातभर कानुनी परामर्श गरेपछि ओली र लेखकलाई प्रहरीले पक्राउ गरेको हो ।
हिजो बसेको पहिलो मन्त्रिपरिषद बैठकले राजनीतिक व्यक्तिको हकमा जाँचबुझ आयोगको सिफारिस तत्कालै कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो ।
प्रकाशित मिति: २०२६-०३-२८ , समय : ०८:१८:३५ , २ घन्टा अगाडि