आईपीएल क्रिकेटको १९ औँ संस्करण आजदेखि शुरु हुँदै

रुपन्देही खबर , ६६  पटक हेरिएको

काठमाण्डौ,चैत १४

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १९औँ संस्करण आजदेखि शुरु हुँदैछ । उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) र सनराइजर्स हैदराबाद खेल्दैछन् । यो खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे बेङ्गलुरुमा शुरु हुनेछ । आरसीबी आईपीएल क्रिकेटको साविक विजेता टोली हो ।

आईपीएल क्रिकेटमा १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा चेन्नई सुपर किंग्स, कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स, आरसीबी र पञ्जाब किंग्स रहेका छन् । त्यस्तै समूह ‘बी’ मा मुम्बई इन्डियन्स, सनराइजर्स हैदराबाद, गुजरात टाइटन्स, दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट छन् । आईपीएलमा सहभागी १० टोलीमध्ये अहिलेसम्म पञ्जाब र दिल्लीमात्र उपाधिविहीन छन् ।

प्रकाशित मिति: २०२६-०३-२८ , समय : ०८:३५:४६ , १ घन्टा अगाडि