युद्ध अन्त्य गर्ने सम्झौताका लागि ट्रम्पद्वारा इरानलाई ४८ घण्टाको समयसीमा

एजेन्सी , ११४  पटक हेरिएको

काठमाण्डौ,चैत २२

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न वा होर्मुज जलमार्ग खोल्न चेतावनी दिनुभएको छ । सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत उहाँले सम्झौताको समय सकिन लागेको र त्यसपछि थप आक्रमणको चेतावनी दिनुभएको छ । यसअघि राष्ट्रपति ट्रम्पले इरानी ऊर्जा संयन्त्रहरूमा १० दिनका लागि आक्रमण रोक्ने घोषणा गर्नुभएको थियो । तर यो बीचमा पनि आक्रमणका घटना रोकिएका छैनन् ।

अमेरिका–इरानबीचको तनाव झन् चर्किँदै गएको छ र अबको ४८ घण्टा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सुरक्षाका लागि निर्णायक हुन सक्ने अनुमान गरिएको बीबीसीले जनाएको छ । अमेरिका–इजरायल र इरानबीच गएको फेब्रुअरी २८ तारिखयता निरन्तर युद्ध भइरहेको छ ।

प्रकाशित मिति: २०२६-०४-०५ , समय : ०८:०१:२० , ८ घन्टा अगाडि