एजेन्सी , ६७ पटक हेरिएको
बैशाख १५
दक्षिण सुडानको राजधानी जुबा नजिकै विमान दुर्घटना हुँदा चालकसहित १४ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा १२ जना दक्षिण सुडानी र दुई जना केन्याली नागरिक रहेको दक्षिण सुडानी नागरिक उड्डयन प्राधिकरणले निकालेको विज्ञप्तिमा उल्लेख छ । विमान सुडानको राजधानी जुबा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको र झण्डै २० किलोमिटर टाढा दुर्घटनाग्रस्त भएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।
खराब मौसमका कारण विमान दुर्घटना भएको प्रारम्भिक अनुमान छ । अस्थिरता, द्वन्द्व र गरिबीसँग जुधिरहेको दक्षिण सुडानमा भरपर्दो यातायात पूर्वाधारको पनि अभाव छ । त्यहाँ क्षमताभन्दा बढी तौल र खराब मौसमका कारण बारम्बार विमान दुर्घटना हुने गरेका छन् । सन् २०२५ को जनवरीमा उत्तरी दक्षिण सुडानमा भएको विमान दुर्घटनामा २० जनाको ज्यान गएको थियो ।
प्रकाशित मिति: २०२६-०४-२८ , समय : ०८:२६:०४ , २ घन्टा अगाडि