नीति तथा कार्यक्रमले विद्यमान गम्भीर प्रश्नहरूको उत्तर दिन सकेन : नेता थापा

रासस , ७०  पटक हेरिएको

तस्वीर : रासस

काठमाण्डाै,बैशाख २९

नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा बादलले सरकारको आउँदाे आर्थिक वर्षको नीति तथा कार्यक्रमले विद्यमान अवस्थाका प्रश्नको उत्तर दिन नसकेको टिप्पणी गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजकाे बैठकको विशेष समयमा नेता बादलले निर्धारित संसद्को अधिवेशन स्थगित गरी ८ वटा अध्यादेश जारी गरिनु लोकतन्त्रका लागि सुखद नभएको बताउनुभयो । ऋण लिएर विकास नहुने भएकाले नीति तथा कार्यक्रमलाई परिवर्तन आवश्यक रहेको उहाँको भनाइ थियो ।

तत्कालीन राजनीतिक दलहरूको कमजोरीका कारण स्थापित नयाँ दलले नागरिकको आकाङ्क्षा पूरा गर्नुपर्नेमा जोड दिँदै उहाँले सरकारको पछिल्लो गतिविधिले त्यस्तो लक्षण नदेखाएको टिप्पणी गर्नुभयो । नेता थापाले सरकारको नीति तथा कार्यक्रमले देशको समग्र विकास, स्थायी शान्ति र लोकतन्त्रको रक्षा गर्न नसक्ने आरोप लगाउनुभयो ।

प्रकाशित मिति: २०२६-०५-१२ , समय : २०:५०:३७ , १ घन्टा अगाडि