आईपीएल क्रिकेटमा कोलकाताले मुम्बईलाई हरायो

रुपन्देही खबर , ४२  पटक हेरिएको

काठमाण्डौ,जेठ ७

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई ४ विकेटले हराएको छ ।

इडेन गार्डेन्समा हिजो मुम्बईले दिएको १४८ रनको लक्ष्य पछ्याएको कोलकाताले १८ ओभर ५ बलमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले ८ विकेट गुमाएर १४७ रन बनाएको थियो ।

कोलकाता १३ खेलमा १३ अङ्कका साथ तालिकाको छैटौँ स्थानमा छ भने मुम्बई १३ खेलमा ८ अङ्कका साथ तालिकाको नवौँ स्थानमा छ । आईपीएल क्रिकेटमा आज बेलुका पौने ८ बजे अहमदाबादमा गुजरात टाइटन्स र चेन्नई सुपर किङ्गसले खेल्दैछन् ।

प्रकाशित मिति: २०२६-०५-२१ , समय : ०८:३६:१८ , २ घन्टा अगाडि