पूर्वअर्थमन्त्री विष्णु पौडेलसहित १६ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर

रुपन्देही खबर , ३६  पटक हेरिएको

फाइल तस्बिर

काठमाण्डौ,साउन १

पूर्वअर्थमन्त्री विष्णु पौडेल लगायत १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हिजो पौडेलसहित ६ जना र १० वटा कम्पनीविरुद्ध मुद्दा दायर गरेको हो ।

व्यवसायी दीपक भट्टको सम्पत्ति शुद्धीरणसम्बन्धी काममा संलग्न रही मतियारको भूमिका खेलेको आरोपमा पूर्वअर्थमन्त्री पौडेलसहित १६ जनाविरुद्ध मुद्दा दायर भएको विशेष अदालतको सूचनामा उल्लेख छ ।

पूर्वअर्थमन्त्री पौडेलमाथि २० करोड ९० लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ ।  साथै विभागले उहाँको बैंक खातामा रहेको छ लाख ३४ हजार रुपैयाँ जफत गर्न समेत माग दाबी गरेको छ ।

प्रकाशित मिति: २०२६-०७-१७ , समय : ०८:५३:०२ , ४९ मिनेटutes अगाडि