रुपन्देही खबर , ७४ पटक हेरिएको
रुपन्देही, साउन ९
रुपन्देहीको कोटहीमाई गाउँपालिकामा युवा नेता तथा समाजसेवी राहुल यादवले जनतासँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यले घरदैलो भेटघाट अभियान सञ्चालन गर्नु भएको छ । ‘जनताको कुरा जनतासँग, जनताकै घरदैलोमा’, ‘सुझाव हजुरहरूको, संकल्प हाम्रो’ तथा ‘युवा नेतृत्व, समृद्ध समाज’ भन्ने नारासहित सञ्चालन गरिएको अभियानमा यादवले गाउँपालिकाका विभिन्न बस्तीमा पुगेर स्थानीयवासीका समस्या, आवश्यकता र विकाससम्बन्धी सुझाव संकलन गर्नु भएको हो ।
अभियानअन्तर्गत राहुल यादवले स्थानीयका घरघरमा पुगेर उनीहरूको दैनिकी, सार्वजनिक सेवा प्रवाह, कृषि, सिँचाइ, सडक, शिक्षा, स्वास्थ्य, खानेपानी तथा युवाको रोजगारीसँग सम्बन्धित विषयमा छलफल गर्नु भएको थियो । स्थानीयवासीले आफ्नो क्षेत्रका विकास निर्माणका कामलाई प्रभावकारी बनाउन नागरिकको आवाजलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएका थिए।
भेटघाटका क्रममा यादवले जनताको विश्वास र सहभागिताबिना दिगो विकास सम्भव नहुने धारणा राख्नु भयो । उहाले विकासका योजना जनताको वास्तविक आवश्यकता र प्राथमिकताका आधारमा तय हुनुपर्ने उल्लेख गर्दै नागरिकसँग प्रत्यक्ष संवादलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
उहाले भन्नु भयो ,जनताको घरदैलोमै पुगेर उहाँहरूको समस्या र सुझाव सुन्ने हाम्रो उद्देश्य हो। जनताले उठाएका विषयलाई सम्बन्धित निकायसम्म पुर्याएर समाधानका लागि आवश्यक पहल गर्नेछौँ। समृद्ध समाज निर्माणका लागि युवाको सक्रिय भूमिका अपरिहार्य छ।
स्थानीयवासीहरूले पनि यस्ता कार्यक्रमले नेतृत्व र नागरिकबीचको दूरी घटाउने विश्वास व्यक्त गरेका छन्। उनीहरूले विकास निर्माण, सार्वजनिक सेवा, कृषि उत्पादन वृद्धि, सिँचाइ व्यवस्थापन, शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार लगायतका विषयमा आफ्ना धारणा राखेका थिए।
राहुल यादवले अभियानका क्रममा संकलित सुझावलाई व्यवस्थित गरी सम्बन्धित निकायसमक्ष प्रस्तुत गर्ने तथा स्थानीय आवश्यकताअनुसार सामाजिक र विकासमुखी कार्यक्रम सञ्चालनका लागि पहल गर्ने बताउनुभयो । उहाले जनताको सहभागितामा आधारित विकासलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि कोटहीमाई गाउँपालिकाका अन्य वडासहित रुपन्देहीका विभिन्न क्षेत्रमा यस्ता भेटघाट कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनु भयो ।
स्थानीयस्तरमा जनतासँग प्रत्यक्ष संवाद गर्दै सुझाव संकलन गर्ने उद्देश्यले सञ्चालन गरिएको यो अभियानले नागरिकका अपेक्षा र विकासका प्राथमिकतालाई नजिकबाट बुझ्न सहयोग पुग्ने विश्वास गरिएको छ। अभियानमा स्थानीय युवाहरू, समाजसेवी तथा सर्वसाधारणको पनि उल्लेखनीय सहभागिता रहेको थियो।
प्रकाशित मिति: २०२६-०७-२५ , समय : १३:४९:१२ , १ घन्टा अगाडि