आत्माहत्या रोकथाम सम्बन्धि सडक नाटक सम्पन्न

रुपन्देही खबर , ४४२  पटक हेरिएको

मोरङ, भदौ २६

विश्व आत्महत्या रोकथाम दिवसक‍ो अवसरमा आत्महत्या रोकथाम सम्बन्धि सडक नाटक सम्पन्न भएको छ। पब्लिक हेल्थ स्टुडेन्ट सोसाइटीको आयोजना तथा डिपार्टमेन्ट अफ पब्लिक हेल्थ पुर्वाञ्चल विश्वविद्यालय स्कुल अफ हेल्थ साइन्सद्वारा मोरङ जिल्लाको सुन्दहरैचाको वाल्मीकि चोकमामा सडक नाटक सम्पन्न भएको हो ।

अहिलेको २१ औँ शताब्दीमा विभिन्न कारणमा डिप्रेसनको सिकार भएर आत्माहत्या गर्ने संख्यामा वृद्धि भएको हुदा जनमासमा कसरी यसलाई रोकथाम गर्न सकिन्छ भने उदेश्यका साथ सडक नाटक प्रदर्शन गरिएको थियो।

कार्यक्रमको संचालन विपिएच संकायका विद्यार्थी समीर परियारले गर्नु भएको थियो भने कलाकारहरू महेश भण्डारी,भरत लुइँटेल, अभिषेक तिवारी, दिपेश पौडेल, सृष्टि ल्वागुन,रूपेश यादव, सलिना इस्लामी,सखी राई,अनु माझी,सरस्वती राजवंशी,रीता भण्डारी,ममता पोख्रेल, प्राथना पोख्रेल र कथाकारको आवाजमा समीक्षा सुवेदी रहनु भएको थियो ।

आफुलाई मार्नु भनेको आफुलाई माया गर्ने मान्छेलाई मार्नु हो, जिवनलाई स्विकार गर आत्महत्या बन्द गर, आफ्नो समस्या मार आफुलाई नमार, Life is Precious Gift of God Don’t waste it, Say No to Suicide लेखिएको पम्प्लेटहरू प्रदर्शन गर्दै नाराबाट सुरू भएको कार्यक्रम सडक नाटक हुँदै अन्त्य भएको थियो ।

कार्यक्रम जन स्वास्थ्य संकायका शिक्षकहरूको मार्गनिर्देशनमा सम्पन्न भएको थियो ।कार्यक्रममा बाबुराम पोख्रेल प्रमुख डिपार्टमेन्ट अफ पब्लिक हेल्थ, डा. विनिता कुमारी पौडेल संकाय सदस्य डिपार्टमेन्ट अफ पब्लिक हेल्थ पुसस, रोहित शर्मा सहायक प्राध्यापक जिपिकार, विपिएच, विफामका विद्यार्थी र जनसमुदाय गरि १५० जनाको सहभागीता रहेको थियो।

प्रकाशित मिति: २०२२-०९-११ , समय : ०९:२६:५९ , २ वर्ष अगाडि