गोबिन्द राज ओझा (राजन) , ३२ पटक हेरिएको
डोटी, साउन १७
मनको बस्ती प्रेमले सधैं, सिँगारिनु पर्दछ,
विश्वासको फूल मनभित्र, मुस्काइरहनु पर्दछ।
रानी बन्ने चाहनामा, अहंकार नपाल्नु,
मायाको डोरी सुमधुर राखी, मन जितिरहनु पर्दछ।
अधिकारको नाम सुनाएर, दूरी नबढाऊ,
आफ्नैपनको मीठो बोलीले, सम्बन्ध सजाऊ।
स्वार्थको आँधी चले पनि, प्रेम नटुटोस्,
सत्य र समर्पणको दीप, सधैंभरि बलिरहोस्।
मुटु चोर्ने अपराध यदि, प्रेमकै भाषामा हो,
त्यो सजाय पनि स्वीकार्य, आत्मीय आशामा हो।
दुई मन एक भई बाँचे, जीवन सुन्दर बन्छ,
विश्वासको अमृतले मात्र, प्रेम अमर रहन्छ।
प्रकाशित मिति: २०२६-०८-०२ , समय : ०९:०३:१९ , ५७ मिनेटutes अगाडि