रुपन्देही खबर , ४० पटक हेरिएको
काठमाण्डाै,भदौ १
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजीनामा दिएसँगै नयाँ सरकार गठनको प्रक्रिया शुरू भएको छ । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १६८ (२) बमोजिम २ वा २ भन्दा धेरै दलको समर्थनमा बहुमत पुर्याउन सक्ने प्रदेशसभा सदस्यलाई आउँदाे बिहीवार जेठ ४ गते दिउँसो ४ बजेसम्म मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान गर्नुभएको छ ।
नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीचको सहमतिअनुसार अब बागमतीमा एमालेले सरकारको नेतृत्व गर्नेछ ।
१०४ सदस्यीय प्रदेशसभामा बहुमतका लागि कम्तीमा ५३ जना सांसद आवश्यक पर्छ । एमालेका २५ र नेकपाका २६ गरी ५१ सांसद मात्र रहेकाले गठबन्धनलाई बहुमतका लागि थप २ जना सांसदको समर्थन आवश्यक छ ।
यसैबीच एमालेभित्र मुख्यमन्त्रीको उम्मेदवार छनोट पेचिलो बनेको छ । संसदीय दलका नेता जगन्नाथ थपलियाविरुद्ध आफ्नै दलका १६ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गर्दै किरण थापा मगरलाई दलको नेता बनाउन माग गरेका छन् । संसदीय दलको बैठक बसेर नेतृत्व विवाद सुल्झाएपछि मात्रै एमालेले मुख्यमन्त्रीको उम्मेदवार औपचारिकरूपमा तय गर्नेछ ।
प्रकाशित मिति: २०२६-०८-१७ , समय : १९:१७:३७ , ५४ मिनेटutes अगाडि