रुपन्देही खबर , ५४ पटक हेरिएको
फाइल तस्वीर
भैरहवा, भदौ १
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत प्राप्त गर्नुभएको छ । आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले प्रस्तुत गर्नुभएकाे विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४५ र विपक्षमा २६ मत परेको हो ।
उहाँलाई नेकपा एमालेका २९, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का ११, जनता समाजवादी पार्टी (जसपा) नेपालका ४, राष्ट्रिय जनमोर्चाका १ प्रदेशसभा सदस्यले विश्वासको मत दिएका हुन् । ४ सदस्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तटस्थ बसेको छ ।
प्रदेशसभामा कायम ८३ सदस्यमध्ये ७१ जना सांसद मतदान प्रक्रियामा सहभागी भएका थिए । गएको साउन १२ गते नेपाली कांग्रेसले विश्वासको मत फिर्ता लिएपछि अल्पमतमा पर्नुभएका आचार्यले नेकपासहितका ३ दललाई सरकारमा सहभागी गराएर ४ दलको विश्वासको मत प्राप्त गर्नुभएको हो ।
प्रकाशित मिति: २०२६-०८-१७ , समय : १९:२१:३२ , ५४ मिनेटutes अगाडि