लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

रासस , ४  पटक हेरिएको

काठमाण्डौ,भदौ १०

रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत इन्जिनियरसहितका ६० कर्मचारी सम्पर्कविहीन भएका छन् ।

भोटेकोशी नदीमा आएको बाढीको कारण लाङटाङ जलविद्युत् आयोजनाका प्रबन्ध निर्देशक तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपालका सचिव विजयमोहन भट्टराईले आयोजनामा कार्यरत इन्जिनियरसहित ६० जना कर्मचारी सम्पर्कविहीन भएकाले खोजी कार्य गर्न सरकारसँग माग गर्नुभएको छ ।

‘आयोजनाको सुरुङको क्रङ्क्रिट ढलानको काम भइरहेको थियो । सो कार्यमा ६० भन्दा धेरै कर्मचारी सम्पर्कविहीन भइरहनुभएको छ । त्यसैले खोजी गर्नका लागि सरकारसँग अनुरोध गर्दछु’, उहाँले भन्नुभयो, ‘बाढीले जलविद्युत् आयोजनाको संरचनामा गम्भीर क्षति पुर्‍याएको छ ।’

प्रकाशित मिति: २०२६-०८-२६ , समय : २१:४९:१५ , २ घन्टा अगाडि