लियो क्लब अफ रामनगरद्वारा गमला हस्तान्तरण

महेश यादव , २३८  पटक हेरिएको

नवलपरासी, असोज १०

पश्चिम नवलपरासीको लियो क्लब अफ रामनगरद्वारा गमला हस्तान्तरण गरिएको छ । क्लबका अध्यक्ष रुपेश गाैतमकाे अध्यक्षता तथा लायन्स क्लब अफ रामनगरका अध्यक्ष बलराम चापागाईंकाे प्रमुख अतिथतामा लियो क्लब अफ रामनगरद्वारा गमला हस्तान्तरण गरिएको हाे ।

सुनवल -१२ भुमहीको दुर्गा मन्दिरमा आज विजया दशमी एवं घटस्थापनाकाे शुभ अवसरमा लियो क्लब अफ रामनगरद्वारा गमला हस्तान्तरण संगै नवरात्रि पुजा तयारीमा समेत सहयोग गरिएको छ ।

साे अवसरमा बाेल्दै प्रमुख अतिथि चापागाईंले लियो क्लब अफ रामनगरले समाजमा गरिरहेकाे उदाहरणीय कार्य प्रति खुसी ब्यक्त गर्दै क्लबका सम्पूर्ण टिमलाई धन्यवाद ज्ञापन समेत गर्नुभयो । साथै उहाँले क्लबले समाज सुधार र समुदायको विकासका लागि गरिरहने हरेक कार्यमा साथ सहयोग दिने बताउनुभएको थियोे ।

यस्तै क्लबद्वारा भुमही चोक सरसफाई कार्यक्रम पनि सम्पन्न गरेका छन्। कार्यक्रम सञ्चालन क्लबका सहसचिव दिवस सुनारले गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२२-०९-२६ , समय : २१:१६:१५ , २ वर्ष अगाडि