लैंगिक हिंसा न्यूनिकरणको लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न

रुपन्देही खबर , ३५२  पटक हेरिएको

कपिलवस्तु, असोज १३

लैंगिक हिंसा न्यूनिकरणको लागी १ दिने अन्तरक्रिया कार्यक्रम मायादेबी गाउँपालिकाको पकडीमा आज सम्पन्न भएको छ । सनशाईन सामाजिक बिकास संस्था र यूनाइटेड मिसन टु नेपालको सहकार्यमा संचालन भएको शान्तिको लागि स्थानिय क्षमता परियोजना अन्तरगत उक्त अन्तरकृया भएको हो ।

मायादेबी गाउँपालिकाको वार्ड नं. ४ मा संचालन भएको सो परियोजनाले समाजमा शान्ति निर्माण गर्ने उद्धेश्यले संचालन गरिएको परियोजनाका संयोजक मनोज कुमार यादवले बताउनु भएको छ । परियोजना अन्तरगत समुदायमा बिभिन्न किसिमले लैंगिक हिंसामा परेका महिलाहरुको क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा मायादेबी गाउँपालिकाको प्रमुख प्रशााकिय अधिकृत प्रमेश्वर यादव र पालिकाका कृषि शाखा प्रतिनिधी राम बिलाश मौर्याको सहभागितामा रहेको थियो । पालिकाले लैंंगिक हिंसा न्यूनिकरणको लागि गरेका प्रयासहरु, यस बर्ष लैंगिक हिंसा न्यूनिकरणको लागि कार्यक्रम र बजेटहरुको बारेमा पनि अन्तरकृया गरिएको हो।

मायादेबी वार्ड नं.४ का लैगिंक हिंसा पिडित महिलाहरुले समुदाय र आफुहरु माथी परेको हिंसाको बारेमा खुलेर बहस गरेका थिए । कार्यक्रममा २३ जनाको सहभागिता रहेको थियो । कार्यक्रमलाई संबाद समूह कपिलवस्तुका संयोजक तथा रेडियो कपिलवस्तुका स्टेशन म्यानेजर तुलसीराम यादवले सहजी करणगर्नु भएको थियो ।

प्रकाशित मिति: २०२२-०९-२९ , समय : १८:३०:३७ , २ वर्ष अगाडि