लागुऔषध मुद्दामा सजाय पाएका बर्दियाका दुई जना फरार प्रतिवादी पक्राउ

संगीता पाठक , १६९  पटक हेरिएको

बर्दिया, असोज २४

लागुऔषध मुद्दामा सजाय पाएका बर्दियाका दुई जना फरार प्रतिवादी पक्राउ परेका छन । जिल्ला अदालत बर्दियाको २०७८ माघ गतेको फैसला आदेशले लागु औषध ब्राउन सुगर मुद्दामा १ महिना २० दिन कैद र रू. ५ हजार जरिवाना सजाय तोकिएकोमा हाल सम्म फरार रहेका मधुबन नगरपालिका -०८ बस्ने पप्पु अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो ।

साथै सोही मुद्दामा ५ दिन कैद सजाय तोकिएका फरार रहेका सोही ठाँउका विकाश चौधरीलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलिले लुकिछिपी बसेको अवस्थामा उनीहरुको घर वतनबाटै पक्राउ गरी आवश्यक कारवाहीको लागी जिल्ला अदालत गुलरियामा बुझाईएको प्रहरीले जनाएको हो । अदालतको आदेशले उनीहरुलाई कैद भुक्तानको लागी कारागार कार्यालय बर्दियामा पठाईएको छ ।

प्रकाशित मिति: २०२२-१०-१० , समय : २१:०९:४१ , १ वर्ष अगाडि