भोलि प्रदान गरिने हिरोज अफ पब्लिक अवार्ड २०७९ को तयारी पुरा

उर्मिला यादव यात्री , २२८  पटक हेरिएको

भैरहवा, कार्तिक १८

रुपन्देही युवा सुमहले यहि कार्तिक १९ गते अर्थात भोलि प्रदान गर्ने हिरोज अफ पब्लिक अवार्ड २०७९ को तयारी पुरा भएको जनाएको छ ।

समाजमा विभिन्न बिधामा बिशिस्ठ योगदान पुराएका ब्यक्तित्वहरुलाइ रुपन्देही युवा समूहले हरेक बर्ष हिरोज अफ पब्लिक अवार्ड मार्फत सम्मान गर्दै आएको रुपन्देही युवा समुहका अध्यक्ष बिशाल गुप्ताले जानकारी दिनु भएको छ ।

हिरोज अफ पब्लिक अवार्ड २०७९ भोलि दिउसो २ बजे देखि होटेल पौवामा सुरु हुने आयोजकले जनाएको छ । रुपन्देही युवा समुहले २०७६ साल देखि हिरोज अफ पब्लिक अवार्ड प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति: २०२२-११-०४ , समय : १५:४२:३९ , १ वर्ष अगाडि