रामु भुसाल , २५० पटक हेरिएको
बर्दघाट, कार्तिक २९
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताले दिएको अभिमत पूर्ण रुपमा पालना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले आफ्नो गठबन्धनले जितेमा समय अवधि अगावै संसद विघटन नगर्ने प्रतिबद्धता समेत जाहेर गर्नुभएको छ । विश्वकै उत्कृष्ट सविंधान मध्य एक नेपालको सविंधान रक्षाका लागी लोकतान्त्रिक वामगठबन्धन मंसिर ४ गते हुने निर्वाचनमा होमिएको बताउनुभएको छ । प्रधानमन्त्री देउवाले प्राप्त उपलब्धीको रक्षा गर्दै देशमा विधमान समस्या समाधान गर्न गठबन्धनको आवश्यकता परेको बताउनुभयो । पश्चिम नवलपरासीको क्षेत्र नम्बर १ चौपत्तामा मंगलबार आयोजित लोकतान्त्रिक वाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभएको हो । यस क्रममा देउवाले जनताले नेकपा एमालेलाई दिएको अभिमत केपी ओलीले बीचमै घाँटी निमोठेको भन्दै अब लोकतान्त्रिक गठबन्धनलाई मतदान गर्न समेत आग्रह गर्नुभएको थियो ।
सोही चुनावी सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष एवंम पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी मंसिर ४ गतेको चुनावलाई पाण्डव र कौरव बीचको ’महाभारत युद्ध’सँग तुलना गर्दै जनतालाई ’पाण्डव’हरूको पक्षमा मतदान गर्न आग्रह गर्नुभएको छ । प्रचण्डले गठबन्धन सरकारले सबै कानुनी प्रकृया पुरा गरि नागरिकता विध्ययेक अगाडी बढाउदा समेत राष्ट्रपति द्धारा फर्काइनु दुर्भाग्य भएको बताउदै मंसिर ४ पछि बन्ने गठबन्धनको सरकारले एक महिना भित्र सो नागरिकता विध्ययेक अनुसार नागरिकता समस्या समाधान गरि नागरिकताबाट बञ्चित नेपाली नागरिकलाई नागरिता वितरण गर्ने बताउनुभयो ।
मुलुकमा सुशासन कायम गरि प्रतिगमनको विरुद्धमा गठबन्धन भएको र यो गठबबन्धनले अहंकारको राजनितिलाई अन्त्य गर्ने धारणा समेत राख्नुभएको थियो । फरक प्रसंगमा बोल्दै यो क्षेत्रमा संघमा गठबन्धनका तर्फबाट नेपालकै डलर अर्वपति नेपाली कांग्रेसका नेता विनोद चौधरीको उम्मेद्वारी रहेको तथा यस क्षेत्रमा गठबन्धनका उम्मेद्वारी भएतापनि केही जटिलता र समस्या देखिएको हुदा त्यसको समस्या र समाधान तर्फ लाग्नुपर्ने बताउदै गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउनुको विकल्प नरहेको बताउनुभयो ।
क्षेत्रिय सभापति मुकुल कुमार आचार्यको अध्यक्षतामा आयोजित चुनावी सभामा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं नवलपरासी क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार देवेन्द्रराज कण्डेल, केन्द्रिय सदस्य एवं प्रदेश नम्बर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार विनोद चौधरी, माओबादी केन्द्रका पोलिट्ब्युरो सदस्य घनश्याम यादव लगायतका वक्ताहरुले धारणा राख्नुभएको थियो ।
पश्चिम नवलपरासी १ मा भने सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका विनोद चौधरी उम्मेदवार हुनुहुन्छ भने १ क मा प्रदेश सभा तर्फ गठबन्धनका उम्मेद्वार नेपाली कांग्रेसका विश्वप्रेम पाठक र ख मा भने गठबन्धनकै नेकपा माओबादी केन्द्रका रामानन्द यादव र नेपाली कांग्रेसका देवकरण कलवार सन्तुको उम्मेदवारी रहेको छ ।
प्रकाशित मिति: २०२२-११-१५ , समय : २२:५१:०७ , २ वर्ष अगाडि