निर्वाचनमा मतदाताको उत्साहजनक सहभागीता रहेको गृहमन्त्री खाँणको भनाइ

रुपन्देही खबर , २९५  पटक हेरिएको

भैरहवा, मंसिर ४

गृहमन्त्री बालकृष्ण खाँणले देशैभरी शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भइरहेको बताउनु भएको छ । उहाले निर्वाचनमा मतदाताको उत्साहजनक सहभागीता भइरहेको बताउनु भयो ।

रुपन्देही क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहनु भएको खाँणले आइतबार रुपन्देही–३ अन्तर्गत विभिन्न मतदान केन्द्रमा पुग्ने क्रममा सिद्धार्थनगर–११ मा पत्रकारहरुसँग कुराकानी गर्दै शान्तिपूर्ण रुपमा निर्वाचन गराउने सरकारको चाहनाअनुसार अगाडि बढेको बताउनु भएको छ ।

प्रकाशित मिति: २०२२-११-२० , समय : १३:१३:३३ , २ वर्ष अगाडि