वडाको चौतर्फी बिकासका लागि उमेदवारी दिएको चाैधरी (बब्बु भैया)को भनाइ

धनिराम कोरी , ६३७  पटक हेरिएको

महाराजगन्ज, बैशाख २१
कपिलवस्तुकाे महाराजगन्ज नगरपालिका वडा नम्बर ६ को अझै विकास गर्नकाे लागि वडा अध्यक्ष पदमा पुनः हेमन्त कुमार चाैधरी (बब्बु भैया) उमेदवारी दिनु भएको छ ।

वडा नम्बर ६ मा बाकी रहेको कामलाई पूरा गर्नकाे लागि चाैधरीले वडाका सर्वसाधारण जनतालाई सूर्य छापमा भाेट हाल्न आग्रह गर्नु भएको छ ।

वडा नं ६ का निवर्तमान वडाले नेकपा एमालेबाट वडा अध्यक्ष पदमा उमेदवारी दिनु भएको हाे । ५ बर्ष भित्रमा बाकी रहेको कामलाई अब पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

नेकपा एमालेबाट महाराजगन्ज नगरपालिका वडा नं ६ वडा अध्यक्षमा हेमन्त कुमार चाैधरी (बब्बु भैया) , वडा सदस्यमा रामदास अहिर , महिला वडा सदस्य कुतवुन निशा धाेबी , दलित महिला वडा सदस्य ज्ञानमति चमारकाे उमेदवारी रहेको छ ।

नेकपा एमाले पार्टीबाट महाराजगन्ज नगरपालिका काे मेयर पदमा रामदास चाैधरी र उपमेयर पदमा भानमति यादवको उमेदवारी रहेको छ ।

प्रकाशित मिति: २०२२-०५-०४ , समय : १०:४८:१३ , २ वर्ष अगाडि