नवलपुरको हुप्सेकोटमा जिप खस्दा १० घाइते, चारकाे अवस्था गम्भीर

रामकुमार श्रेष्ठ , ३६५  पटक हेरिएको

नवलपुर , मंसिर १५

पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका ५ धौबादीको कान्छीपानीमा बिहीबार साँझ जिप दुर्घटना भएकाे छ। दुर्घटनामा १० जना घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीका अनुसार दुर्घटनामा घाइते भएका १० मध्ये चारकाे अवस्था गम्भीर छ। कावासोतीबाट पहाड उक्लिँदै गरेको गण्डकी प्रदेश ०४–००१ च ०००६ नम्बरको जिप धौबादीको कान्छीपानीनजिकै दुर्घटनामा परेको हो।

जिप सडकबाट एक सय मिटर जति तल खसेको तिवारीले बताउनु भएको छ । गम्भीर घाइते भएका चारमध्ये दुईजना अचेत अवस्थामा रहेको प्रहरीले जनाएको छ। उनीहरूको थप उपचारका लागि अस्पताल लगिएको छ। दुर्घटनाको थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति: २०२२-१२-०१ , समय : २०:५१:२५ , १ वर्ष अगाडि