पुर्वी नवलपरासीको हुप्सेकोटको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो

नबिन पौडेल , २६२  पटक हेरिएको

नवलपुर, मंसिर १५

पुर्वी नवलपरासीको हुप्सेकोट गाउंपालिका ५ कान्छीपानीमा यात्रु बाहक जिप दुर्घटना हुदा मृत्यु हुनेको संख्या ४ पुगेको छ भने ११ जना घाईते भएका छन् । घाईते मध्य तीन जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । गण्डकी प्रदेश ०४ –००१ च–००६ नम्मरको यात्रु बहाक जिप ब्रेक फेल भएर भिरबाट करिब १ सय मिटर तल खस्दा सो दुर्घटना भएको हो ।

पुर्व पश्चिम् राजमार्गको दलदलेबाट २८ किलोमिटर उत्तरमा पहाडी भेगमा पर्ने भएकाले उद्धारकार्यमा कठीनाई भएको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका प्रमुख भुवनेश्वर तिवारीले बताउनु भएको छ। घाईतेलाई उद्धार गरेर उपचारको लागि चितवन लैजाने तयारी छ ।

प्रकाशित मिति: २०२२-१२-०१ , समय : २१:२३:१३ , १ वर्ष अगाडि