रुपन्देहीको रोहिणी,ओमसतिया र देवदहमा वारुणयन्त्र संचालन गर्ने सहमति

रुपन्देही खबर , ३९६  पटक हेरिएको

भैरहवा, मंसिर २१

रुपन्देहीमा तीनवटा स्थानिय तहले मिलेर वारुणयन्त्र संचालन गर्ने भएका छन् । रोहिणी गाउपालिका, ओमसतिया गाउपालिका र देवदह नगरपालिकाको संयुक्त लगानीमा वारुणयन्त्र संचालनमा ल्याउने निर्णय भएको छ। रोहिणी गाउपालिकामा बसेको संयुक्त बैठकले तिनै पालिकाको लागत सहभागितामा वारुणयन्त्र खरीद गरी संचालनमा ल्याउने निर्णय गरेको रोहिणी गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले जानकारी दिनु भएको छ ।

वारुणयन्त्र खरीदको लागि देवदह नगरपालिकाले ५० प्रतिशत, ओमसतिया गाउपालिका र रोहिणी गाउपालिकाले २५/२५ प्रतिशत लगानी गर्ने सहमति भएको रोहिणी गाउँपालिकाका प्रमुख बिद्या प्रसाद यादवले जानकारी दिनु भएको छ ।

तिनै पालिकाको संयुक्त लगानीमा खरीद गरिएको वारुद्धयन्त्र देवदह नगरपालिका १ मा व्यवस्थापन गरी संचालन गर्ने निर्णय भएको छ भने तिनै पालिकामा हुने विपद् व्यवस्थापन गर्ने गरी वारुणयन्त्र संचालन कार्यविधि निर्माण गर्ने सहमति पनि भएको छ ।

वारुणयन्त्र संचालन र व्यवस्थापनको कार्यविधि निर्माण गर्नको लागि देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा रोहिणी गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतम,ओमसतिया गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर गौतम, देवदह नगरपालिकाका ईन्जिनियर राजकुमार यादव र रोहिणी गाउपालिकाका लेखा अधिकृत कृष्णप्रसाद ज्ञवाली रहनु भएको छ ।

प्रकाशित मिति: २०२२-१२-०७ , समय : ०५:४२:३७ , २ वर्ष अगाडि