महेश यादव , ४१० पटक हेरिएको
नवलपरासी, मंसिर २४
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर -६ गडाैरी स्थित महेन्द्र जनता माध्यमिक विद्यालयकाे प्राङ्गणमा रामपुर खडाैना साना किसान कृषि सहकारी संस्था लि. काे २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सहकारीका अध्यक्ष विनाचल चमारकाे अध्यक्षता तथा सरावल गाउँपालिकाकी उपाध्यक्ष बासमती चमार ( हरिजन) काे प्रमुख आतिथ्यतामा सम्पन्न २४ औं वार्षिक साधारण सभामा बाेल्दै प्रमुख अतिथि चमारले सहकारीले गरेको कार्यहरु सम्मानजनक रहेको बताउदै सहकारीमा आवद्ध सम्पूर्ण सेयर सदस्यहरुज्युले लिएको कर्जा सावाँ र व्याज सहित समयमै जम्मा गर्नुपर्ने आवश्यक रहेको बताउनु भएको छ । साथै सहकारीमा भएको शुद्ध नाफा सम्पूर्ण सेयर सदस्यज्यूहरुले नै पाउने भएकोले सहकारी संग सहकार्य गरि सबै जना मिलि अगाडि बढ्नुपर्ने बताउनुभयो ।
२०७९ साल असाड मसान्तसम्म २८९ समुह अन्तर्गत ९३२ महिला र ७९३ पुरुष गरि १७२५ जम्मा सेयर सदस्य रहेको यस सहकारीले सदस्यहरुकाे ईमानदारीताकाे मध्यनजर गर्दै रु ५०,००० हजार र कुल मासिक बचतकाे ८० प्रतिशत विना धितो ऋण काराेबार गर्ने अध्यक्ष चमारले बताउनु भएको छ । साथै संस्थाले ४४,७५००० नाफा गरेको र अगामि वर्ष रु ८६,१७,५९८ खुद नाफा गर्ने लक्ष्य लिएको बताउनुभएको थियो ।
संस्थाका सञ्चालक समितिका संयाेजक कृष्ण जीवन तिवारीकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सरावल गाउँपालिका वडा नम्बर -६ का वडा अध्यक्ष छाेटेलाल गुप्त , वडा नम्बर -४ का वडा अध्यक्ष सुरेश यादव ,वडा नम्बर -५ का पुर्व वडा अध्यक्ष दिनेश सहानी , महेन्द्र जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक माेहम्द इरफान शेष लगाएतका अतिथिहरुले अ-आफ्नो मन्तव्य राख्नु भएको थियोे । कार्यक्रम सञ्चालन सहकारीका व्यवस्थापक धिरेन्द्र प्रताप सिंहले गर्नुभएको थियो ।
प्रकाशित मिति: २०२२-१२-१० , समय : १९:०९:१७ , २ वर्ष अगाडि