३१ औ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सियारीमा सम्पन्न

राजन चौधरी , २४९  पटक हेरिएको

सियारी ,मंसिर २५

सभ्य समाजकाे पहिचान लैङ्गिक हिंसा विरुद्धको अभियान भन्ने मुल नाराका साथ ३१ औ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापन कार्यक्रम सियारी गाउपालिकाको आयोजनामा सम्पन्न भएको छ । सियारी गाउपालिकाका उपाध्यक्ष तारा थारुको अध्यक्षता तथा सियारी गाउपालिका अध्यक्ष थानेश्वोर घिमिरेको प्रमुख अतिथ्यातामा कार्यक्रम समापन गरिएको हो । अध्यक्ष घिमिरेले कार्यक्रमको उद्घाटन गर्दै समाजबाट लैंगिक हिंसा उन्मूलन गर्न पुरुष र महिला दुवैको उत्तिकै सक्रियता आवश्यक पर्ने भएकोले यही मान्यतालाई आत्मसाथ गर्दै र गराउँदै अगाडि बढ्न सके मात्र सभ्य समाज निर्माण गर्न सकिने जोड दिनु भएको छ । उहाले लैङ्गिक हिंसा पुरुषले महिलालाई मात्र नभइ महिला बाटै महिलालाइ भएको उल्लेख गर्नु भएको छ ।

पुरुष भनेको एउटा रथका दुई पाङ्गा ठीक भएमा मात्र रथ राम्रोसँग गुड्न सक्दछ भनेझैं समाजमा महिला र पुरुष दुवै पक्षले सहभागिता र विकासले मात्र समाजलाई गति दिन सक्ने बताउनु भएको छ । त्यस्तै घर, समाज र राष्ट्रको पूरा विकास हुनका लागि आधा भाग ओगट्ने समाजमा पछि परेका कमजोर महिलावर्गको पनि सहभागिता र विकास हुनु त्यत्तिकै जरुरी रहेको बताउनु भयो। सामाजिक विकासका लागि पुरुषहरूको विकास सँगसँगै महिलाहरूको पनि समान विकास हुनु जरुरी छ भन्नेमा जोड दिनु भएको थियो  ।

यसै गरि कार्यक्रममा सियारी गा पा का उपाध्यक्ष तारा थारु बोल्दै ” कुनै पनि परिवारका उन्नतिका लागि नारी र पुरुषको समान सहभागिता आवश्यक रहेको बताउनु भएको छ  । कामको आधारमा पुरुष र महिलाबीचको भेदभाव समाजले गरेको हुन्छ । यसलाई परिवर्तन गर्न सकिन्छ । मानिस स्वयंले बनाएको भेदभावलाई हटाउन आवश्यक छ भन्ने कुरामा जोड दिनु भएको थियो
साथै यस बर्ष गापाले प्रत्यक वार्ड वार्ड मा कार्यक्रम गरेको र अर्को बर्ष टोल टोलमा गर्ने भनी जानकारी गराउनु भएको थियो

यसै गरि कार्यक्रम का प्रशिक्षक सृजना सुवेदी रहनु भएको थियो भने सियारी गाउँ पालिकाको महिला बिकाश शाख का निरिक्षक शान्ता पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति: २०२२-१२-११ , समय : ०६:४०:५३ , २ वर्ष अगाडि