रुपन्देहीमा ४४ लाख ९० हजार रुपैया बराबरको अवैध चिनी र चामल बरामद

उर्मिला यादव यात्री , ६२३  पटक हेरिएको

बुटवल , मंसिर २८

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ४४ लाख ९० हजार रुपैया बराबरको अवैध चिनी र चामल बरामद गरेको जनाएको छ । प्रहरीका अनुसार प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरी टोलीले आज बिहान रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ५ खैरेनी बजारबाट बरामद गरेको हो । पुर्व पश्चिम राजमार्ग अन्तर्गत पुर्व तर्फवाट पश्चिम तर्फ आउदै गरेको लु १ ख ९९९१ नम्बरको ट्रकलाई रोकी चेक जाँच गर्ने क्रममा अबैध रुपमा भन्सार छली ल्याउदै गरेको ५० किलोको ४ सय बोरा चिनि र ३० किलोको ६० बोरा चामल गाडी सहित अन्दाजी ४४ लाख ९० हजार रुपैया बरावरको चिनी र चामल बरामद गरेको छ ।

बरामद गरिएको सामान र ट्रक आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय बुटवलमा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रकाशित मिति: २०२२-१२-१४ , समय : १४:१९:०२ , १ वर्ष अगाडि