बुटवलमा ईभीको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, तीन जना घाइते

रुपन्देही खबर , २८  पटक हेरिएको

बुटवल, असोज २७

रूपन्देहीको बुटवलमा ईभी गाडीको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्। सोमबार राति बुटवल उपमहानगरपालिका–२ स्थित आँखा अस्पतालअगाडि सडकमा लु.३० प ७५५९ नम्बरको मोटरसाइकललाई लु.प्र.–०१–००१ ज ००९२ नम्बरको ईभी गाडीले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकलमा सवार बुटवल उपमहानगरपालिका–६ पुरानो बसपार्क निवासी ३० वर्षीया बिनिता जैसवाल गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक र मोटरसाइकलमा सवार अन्य दुई जना घाइते भएका छन्। घाइतेमध्ये चालक र एक जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ भने अर्का एक जनाको बुटवल अस्पताल प्रालिमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि ईभी गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप विवरण तथा दुर्घटनाको कारण खुल्न बाँकी छ।

प्रकाशित मिति: २०२६-१०-१३ , समय : १९:५६:४६ , २१ मिनेटutes अगाडि