रुपन्देही खबर , ४० पटक हेरिएको
काठमाडौं, असोज २७
राष्ट्रपति रामचन्द्र पौडेलले वन र भूमिसम्बन्धी दुई वटा अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार पौडेलले वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३ र भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्योदश २०८३ जारी गर्नुभएको हो ।
सरकारले राष्ट्रपतिसमक्ष तीन वटा अध्यादेश जारी गर्नका लागि सिफारिश गरेको थियो । राष्ट्रपति पौडेलले यसअघि विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३ जारी गर्नुभएको थियो । राष्ट्रपतिले जारी गरेपछि अध्यादेशले गरेका व्यवस्था लागू हुन्छन् ।

प्रकाशित मिति: २०२६-१०-१३ , समय : १८:५६:२८ , १ घन्टा अगाडि