बैंकको चर्को ब्याजदरका कारण आफ्नो व्यवसाय संकटमा परेको मदिरा व्यवसायीको गुनासो

एकल अंकमा ऋणको ब्याजदर कायम गर्न माग

रुपन्देही खबर , ३३५  पटक हेरिएको

भैरहवा, पुस ३

बैंकको चर्को ब्याजदरका कारण आफूहरुको व्यवसाय संकटमा परेको मदिरा व्यवसायीले गुनासो गरेका छन् । उनीहरुले एकल अंकमा ऋणको ब्याजदर कायम गर्न माग समेत गरेका छन् ।

मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देहीको दोस्रो वार्षिक साधारण सभा तथा वनभोज कार्यक्रम–२०७९ मा बोल्दै व्यवसायीहरुले अत्याधिक रुपमा वृद्धि भएको व्यवसायिक कर्जाको ब्याजले व्यवसाय सञ्चालन गर्न समस्या उत्पन्न भएको बताएका छ्न । बाउन्नकोटी सामूदायिक वन चिल्हिया रुपन्देहीमा शनिबार आयोजित कार्यक्रममा व्यवसायीहरुले कोरोनाले थला परेको व्यवसायलाई चर्को बैंक ब्याजदरले झनै समस्या थपेको गुनासो गरेका छ्न ।

कार्यक्रममा बोल्दै नेपाल मदिरा व्यवसायी महासंघ लुम्बिनी प्रदेश अध्यक्ष गिरीराज पौडेलले मदिरा व्यवसायी संगठित हुन आवश्यक रहेको बताउनु भएको छ । उहाले मदिरामा अन्तःशुल्क दर बढाउँदा भारतबाट मदिरा आउने सम्भावना भएकाले स्वदेशी बजारको प्रवर्द्धनका लागि ध्यान दिनुपर्ने बताउनु भयो ।

नेपाल मदिरा व्यवसायी महासंघका केन्द्रीय सल्लाहकार खिम बहादुर खत्रीले मदिरा व्यवसायमा देखेका समस्या समाधान गर्न महासंघले पहल गर्नुपर्ने बताउनु भएको छ।

चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही)का अध्यक्ष अनिल कुमार ज्ञवालीले मदिरा व्यवसायी संघ भैरहवाले छोटो समयमा ऐतिहासिक काम गरेको बताउनु भएको छ उहाले राज्यले मदिरा व्यवसायलाई हेर्ने दृष्टिकोण फरक रहेको बताउनु भयो । उहाले बढ्दो बैंक ब्याजदरले व्यवसाय सञ्चालनमा समस्या थपिएको समेत बताउनु भएको छ । अध्यक्ष ज्ञवालीले विभिन्न बैंकले सहुलियत दरको महिला उद्यमी ऋण तथा अन्य व्यवसायी सुविधाका ऋण सबै व्यवसायीलाई दिए पनि उक्त ऋण मदिरा व्यवसायीलाई नदिने गरेको बताउनु भयो ।

नेपाल मदिरा व्यवसायी महासंघका केन्द्रीय सदस्य भीष्म अर्यालले कोभिड महामारी, नाकाबन्दी लगायतका कारणले व्यवस्था सञ्चालनमा समस्या उत्पन्न भएको बताउनु भएको छ । उहाले व्यवसायिक समस्या समाधानका लागि पहल गर्नुपर्ने बताउनु भयो ।

मदिरा व्यवसायी संघ, परासीका अध्यक्ष हरि बहादुर भण्डारीले मदिरा व्यवसायीलाई हेर्ने दृष्टिकोण फरक रहेको बताउनु भएको छ । उहाले बढ्दो बैंक ब्याजदरले व्यवसाय संकटमा परेको गुनासो गर्नु भएको छ ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका अध्यक्ष पिताम्बर न्यौपानेले होटल र मदिरा व्यवसाय एक अर्काका परिपूरक भएको बताउनु भएको छ । उहाले होटल नचले मदिरा विक्रीवितरणमा समेत असहज हुने बताउनु भयो । उहाले रात्रीकालिन व्यवसाय सञ्चालन गर्नका लागि पहल गर्नुपर्ने बताउनु भएको छ । उहाले होटल मात्र नभइ पेट्रोल पम्पदेखि मदिरा पसलसम्म सबै सञ्चालन भए रात्रीकालिन व्यवसाय सफल हुने बताउनु भएको छ ।

नेपाल अडिटर्स एशोसियशनका केन्द्रीय सल्लाहकार गोविन्द प्रसाद रेग्मीले व्यवसायिक संघ संस्थाको उद्देश्य व्यवसायीलाई मर्यादित तथा सक्षम बनाउनु भएको बताउनु भएको छ ।

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष तथा मदिरा व्यवसायी संघ भैरहवाका सल्लाहकार ठाकुरकुमार श्रेष्ठले कठिन परिस्थितिका बाबजुद उद्योग व्यवसाय सञ्चालन भइरहेको बताउनु भएको छ । उहाले व्यवसायी एकजुट हुनुको विकल्प नरहेको बताउनु भयो ।

सिद्धार्थ होटल एशोसियशनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले व्यवसाय बचाउनु सरकारको पनि दायित्व भएको बताउनु भएको छ । उहाले एकल अंकमा ऋणको ब्याजदर कायम गर्नुपर्ने माग गर्नु भयो ।

भीम अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीले बैंक ब्याजदर बढेकाले किस्ता, ब्याज तिर्न सक्ने अवस्था नरहेको बताए । उनले बजार चलायमान हुन नसकेकोले नाईट मार्केट सञ्चालनमा ल्याउनुपर्ने बताउनु भएको छ ।

मदिरा व्यवसायी संघ भैरहवाका अध्यक्ष केशवराज ज्ञवालीले मदिरा व्यवसायीलाई अन्य व्यवसायी सरह व्यवहार गर्नुपर्ने बताउनु भएको छ । उहाले मदिरा पनि पर्यटनसँग सम्बन्धित भएकाले स्वदेशी तथा विदेशी पर्यटकहरुको बसाइ लम्ब्याउने खालका कार्यक्रम होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ–संगठनसँग अन्तरक्रिया तथा गोष्ठी गरिने बताउनु भएको छ । संस्थाले विभिन्न सामाजिक कार्य समेत गर्दै आएको अध्यक्ष ज्ञवालीले जानकारी दिनु भयो ।

साधारणसभामा संघका अध्यक्ष केशवराज ज्ञवालीले अध्यक्षको प्रतिवेदन, महासचिव केशव कुंवरले महासचिवको प्रतिवेदन र कोषाध्यक्ष यादव पोखरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

संघका अध्यक्ष केशवराज ज्ञवालीको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष बाबुराम पाण्डेको स्वागत तथा महासचिव केशव कुंवरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । मदिरा व्यवसायी संघ, भैरहवामा हाल १६१ जना सदस्य रहेको उपाध्यक्ष भागीरथ पाण्डेले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति: २०२२-१२-१८ , समय : १०:२७:१६ , २ वर्ष अगाडि