बुद्धज्याेति हात्तीवनकाे ब्यवस्थापन समिति अध्यक्षमा चाैधरी

उमेश बिक , ३८७  पटक हेरिएको

नवलपरासी, पुस ५

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ४ मा अवस्थित बुद्धज्याेति आधारभूत विद्यालय हात्तीवनकाे नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ ।

साेमवार विद्यालयमा भएको अभिभावक भेलाले मनाेज कुमार चाैधरी विद्यालय व्यवस्थापन समिति अध्यक्ष सहित ८ जना पदाधिकारी चयन गरिएको बुद्धज्याेति आधारभूत विद्यालय हात्तीवनकाे प्रधानाध्यापक विनाेद कुमार पाण्डेयले जानकारी दिनुभएको छ ।

विद्यालयमा पुरानो व्यवस्थापन समितिको म्याद सकिएको कारण नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको हो । अन्य पदाधिकारीमा सदस्यहरु धन्नजय कहाँर, ओमनाथ केवट, ईन्द्र कुमारी चाैधरी, लक्ष्मी देवी चमार, हेमन्ती यादव, पदेन सदस्य वडा नम्बर ४ वडा अध्यक्ष सुरेश प्रसाद यादव, शिक्षक प्रतिनिधि मिना अर्याल तथा सदस्य सचिव विद्यालयका प्र.अ विनाेद कुमार पाण्डेय रहनुभएको छ ।

प्रकाशित मिति: २०२२-१२-२० , समय : १२:०५:०६ , २ वर्ष अगाडि