रुपन्देही खबर , १६३ पटक हेरिएको

सुनवल, जेठ ३०
पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर ११ का स्थानियहरुलाई कृषि औजार बितरण गरिएको छ । सुनवल नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष कमल प्रसाद चुवाईको अध्यक्षता तथा नगर प्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यतामा सुनवल ११ को धुर्काेट फेदि ,माथिल्लो धुर्काेट, बेहोरे र मिजा दमार गाउँमा बिहीबार एक कार्यक्रमका बिच करिब साढे ७ लाख बराबरको १० वटा कृषि औजार हाते ट्याक्टर वितरण गरिएको हो ।
हाते ट्याक्टर वितरण गर्नु हुदै नगरप्रमुख विमला अर्यालले सुनवल नगरपालिकाले कृषिलाई बिशेष प्राथमिकतामा राखेर काम गर्दै आएको बताउनु भएको छ । उहाले स्थानीयवासीको जिवनस्तरमा सुधार ल्याउन कृषियन्त्र वितरण गरिएको बताउदै पाएको उपकरणलाई सही सदुपयोग गर्न किसानहरुलाई आग्रह गर्नु भएको छ ।
यस्तै गरी वडा नम्बर ११ का वडा अध्यक्ष कमलप्रसाद चुवाईले सामूहिक भावनाको विकास गर्ने परिकल्पना सहित ८ जना बराबर १ हाते ट्याक्टर गरी करिब ८० घरधुरीलाई समूहमा विभाजन गरेर १० वटा हाते ट्याक्टर वितरण गरिएको बताउनु भएको छ । किसानहरु हाते ट्याक्टर पाएपछि संगै धेरै राहत हुने भन्दै खुसी ब्यक्त गरेका छन ।
प्रकाशित मिति: २०२५-०६-१३ , समय : २२:१९:१४ , २ हप्ता अगाडि