रुपन्देही खबर , ३९३ पटक हेरिएको
नवलपरासी , पुस ५
नवलपरासीको सुनवल निवासी मर्यादित महिनावारी अभियान्ता समिर परियार मेन च्याम्पियन फर डिग्निफाइड मिन्सुरेसनद्वारा सम्मानित हुनु भएको छ।
चौथो अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको अवसरमा मर्यादित महिनावारी अभियान्ता परियार मेन च्याम्पियन फर डिग्निफाइड मिन्सुरेसन द्वारा हाइब्रिड सम्मेलनमा राधा पौडेल फाउन्डेसन र दक्षिण गोलारदिया मर्यादित महिनावारी संजालद्वारा सम्मानित हुनु भएको हो ।
परियार मर्यादित महिनावारी अभियान नेपालका राष्ट्रिय संयोजक तथा नारीका लागि उपहार अभियानका संस्थापक पनि हुनुहुन्छ ।
परियारले विगत ४ बर्षदेखि मर्यादित महिनावारीको क्षेत्रमा निरन्तर कार्य तथा पैरवी गर्दै आउनु भएको छ । महिनावारी विभेदको अन्त्य गर्दै मर्यादित महिनावारीमैत्री समाज निर्माण गर्ने उदेश्य उहाको रहेको छ ।
परियार लामो समयदेखि बालमैत्री अभियानमा अभियान्ताको रूपमा समेत काम गर्दै आउनु भएको छ । बालमैत्री सुनवल बनाउन उहाँले अहम भुमिका निभाउनु भएको थियो।
नेपाल मानवअधिकार महासन्धिको पक्ष राष्ट्र भएको हुँदा मानव भएर मर्यादा पुर्व जिउन पाउनु पर्छ, देशको मुल कानुन संविधान जसमा महिनावारीको समयमा सम्मानित भएर जीउन पाउनु पर्छ भने अधिकार र बालमैत्री अभियानमा लागेर समाज परिवर्तन गर्ने तर्फ परियार लाग्नु भएको छ। आमाको महिनावारीको रगतबाट जन्मिए संसारको विभिन्न ठाँउ देख्न पाएका छौ । त्यसै आमाको महिनावारी मर्यादित गराउनु छोराको जिम्मेवारी हो ।
परियार उत्कृष्ट बालमैत्री तथा मर्यादित महिनावारी अभियान्ताको रूपमा पनि सुनवल नगरपालिकाद्वारा २०७८ सालमा सम्मानित हुनु भएको छ। महिनावारीको विषयमन पुरूषहरूको पैरवी यसरी नै हुने हो भने महिनावारीलाई मर्यादित गराउन एकदमै सहज हुनेछ।
प्रकाशित मिति: २०२२-१२-२० , समय : १९:४३:३२ , २ वर्ष अगाडि