पाल्पामा भएको सवारी दुर्घटनामा परि एकजनाको मृत्यु

रुपन्देही खबर , ३१८  पटक हेरिएको

पाल्पा , पुस ५

पाल्पामा भएको सवारी दुर्घटनामा परि एकजनाको ज्यान गएको छ । आज साँझ पाल्पाको रिब्दिकोट ४ स्थित तानसेन हार्थोक सडकको बाहुनडाँडामा ट्रकले किचेर एकजनाको ज्यान गएको हो ।

ट्रकले किचेर मृत्यु हुनेमा रिब्दिकोट ६ का स्थानीय नरबहादुर गाहा रहेका छन् । पाल्पा प्रहरीका अनुसार तानसेनबाट हार्थोक तर्फ जाँदै गरेको लु १ ख ९१३४ नम्बरको ट्रकलाई ओभरटेक गर्नेक्रममा लु ६८ प २०५ नम्बरको मोटरसाइकलको पछाडि बसेका गाहा ट्रकको चक्कामुनी पर्नगई ट्रकले किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

ट्रक चालक तानसेन १४ का रेम थापा र मोटरसाइकल चालक रिब्दिकोट ८ मा शेरबहादुर गाहा प्रहरी नियन्त्रणमा रहेको पाल्पा प्रहरी प्रवक्ता डीएसपी विरेन्द्र थापाले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति: २०२२-१२-२० , समय : २१:१८:५८ , १ वर्ष अगाडि