कपिलवस्तुमा ब्राउन सुगरसहित एक जना पक्राउ

अजय मिश्र , २८४  पटक हेरिएको

कपिलवस्तु, पुस ८

जिल्लाकाे कृष्णनगर क्षेत्रबाट नेपाल प्रहरीले ब्राउन सुगरसहित एक व्यक्ति पक्राउ गरेकाे छ । बुधवार राति दस बजे विशेष सुराकीकाे आधारमा ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक शैलेन्द्र पाण्डे तथा प्रहरी चौकी बेदर्मीका प्रहरी सहायक निरिक्षक अजय कुमार गुप्ता समेतको संयुक्त प्रहरी गस्ती टोलीले लु ७६ प ३६८३ नम्बरको मोटरसाईकलमा कृष्णनगर नगरपालिका वडा नं. १२ , मानपुर गाउँ बस्ने वर्ष २२ का दुर्गा प्रसाद खटिकलाई चेकजाँच गर्दा कालो सुन्तला रङको ज्याकेटमा छिपाई राखेको ४५ ग्राम लागु औषध खैरो हेरोइन ( ब्राउन सुगर ) बरामद गरिएकाे छ ।

पक्राउ परेका खटिकलाई म्याद थप गरि अनुसन्धानका लागि हिरासतमा राखिएकाे इप्रका कृष्णनगरका प्रनि पाण्डेले बताउनुभएकाे छ ।

लागु औषध बिरूद्ध आक्रमक शैली अपनाएका
प्रहरी निरिक्षक शैलेन्द्र पाण्डेले केहि समय अगाडि चरेस सहित मानिस पक्राउ गर्न सफल रहदै केही हप्ता अगाडि १६.५ केजी अफिम सहित ३ महिला लाई समेत पक्राउ गरी उनिहरुलाइ शुक्ष्म तरिकाले अनुसंधान गरिरहनु भएको पाण्डे ठूलो मात्रामा ब्राउन सुगर समात्न सफल हुनु भएको छ ।

इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक शैलेन्द्र पाण्डेले कुरा गर्दै आफू लागु औषध तथा मानव बेचबिखन जस्ता जघन्य अपराधमा संलग्न लाई कानुनी दायरामा ल्याउने तथा समाजमा शान्ति सुरक्षा स्थापित गर्न हर सम्भव प्रयास गरिरहने बताउनु भएको छ ।

प्रकाशित मिति: २०२२-१२-२३ , समय : ०६:२४:१८ , १ वर्ष अगाडि