लुम्बिनी संस्कृतिक नगरपालिका ८ मा कृषकहरुलाई स्प्रे टंकी वितरण

अमित चौहान , २७९  पटक हेरिएको

लुम्बिनी, पुस ८

लुम्बिनी संस्कृतिक नगरपालिका वडा न ८ को आयोजनामा कृषकहरुलाई स्प्रे टंकी वितरण गरिएको छ। लुम्बिनी संस्कृतिक नगर पालिका वडा न ८ ले सामुहिक रुपले ७८ जना कृषकलाई स्प्रे टंकी वितरण गरेको छ ।

कार्यक्रमको प्रमुख अतिथी लुम्बिनी संस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दिन मुसलमानले नगरपालिकाको तर्फबाट कृषकलाई आफुले सक्दो सहयोग गर्नु पर्ने बताउनु भएको छ । जाडो मौसम लागेसंगै तरकारी खेती लगायत बालीनालीमा विभिन्न किसिमका रोगहरु देखा पर्ने भएकोले कृषकहरुलाई खेती गर्न सहयोग पुर्याउने उद्देश्यले स्प्रे टंकी वितरण गरेको वडा अध्यक्ष राजेन्द्र जैसवालले बताउनु भयो ।

कृषकलाई सहयोग पुर्याउन वडा कार्यालय सधै तत्पर रहने जैसवालले बताउनु भयो । कार्यक्रमको प्रमुख अतिथी नगर प्रमुख सजरुद्दिन मुसलमान, वडा अध्यक्ष राजेन्द्र जैसवाल, कृषि शाखा प्रमुख राजेन्द्र चौधरी, वडा सदस्य सराजुलहक नाउ, रुबिना मुसलमान ,सतमी चमारको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: २०२२-१२-२३ , समय : १०:३३:५८ , १ वर्ष अगाडि